-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । सोमबार र मंगलबार देशभरमै मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले देशभरको मौसम सफा रहेको बताए ।
उनले भने, ‘मौसम सफा रहेको छ । वर्षाके सम्भावना छैन । देशभरिकै मौसम सफा रहेको छ ।’
उनका अनुसार वर्षाको सम्भावना रहेको छैन । अपरान्हतिर पूर्वी पहाडी क्षेत्रमा मौसम सामान्य बदली रहन सक्नेछ ।
सोमबार र मंगलबार मौसम सफा हुनेछ भने बुधबारदेखि फेरि मौसममा परिवर्तन आउन सक्नेछ ।
काठमाडौं उपत्यकामा सोमबार बिहान भिजिबिलिटी ५ किलोमिटर रहेको छ । अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहेको छ ।