arrow

परम्परागत संस्कृति बचाउन विदेशीएका युवालाई फर्काउ प्रदेश २ सरकार !

logo
आशुतोष झा (नवीन),
प्रकाशित २०७६ फागुन २७ मंगलबार
aasutosh.JPG

विगतका समयमा हाम्रो मुलुकको कतिपय परम्परागत संस्कृतिहरु हेर्दा हेर्दै हराउन थालेका छन् । सदियौदेखी चल्दै आईरहेको संस्कृति लोप भैइरहनुको केहि विशेष कारणहरु छन् । पहिलो त हाम्रो समाजमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानु एवं परम्परागत संस्कृति संरक्षणमा हामीहरुले ध्यान नै नदिनु र अर्को एउटा मुख्य कारण गाउँगाउँ बाट युवा जति सबै बिदेशिनु हो । यसको उदाहरणका रुपमा होली पर्वमा मधेसमा खेलिने होरी - होरैया लाई लिन सकिन्छ ।

आजभोलि होली पर्व आईसक्दा पनि मधेसमा मध्यरातसम्म डम्फा र ढोलसँगै जोगिरा सरररर(होरी) गाउने युवा टोलिहरु घट्दै गएको छ। कुनैबेला युवा जति सवै आफ्नै गाउँठाउँमा बस्दा होलैया र जोगिराका धुनहरू मधेसमा मध्यरातसम्म पनि सुनिन्थ्यो तर अहिले त्यो विरलै हेर्न र सुन्न पाईन्छ । यदाकादा कहिँकतै कुनै गाउँठाउँमा होरी होरैया गाईरहेको हेर्नपाईन्छ। परम्परागत संस्कृति धर्म कर्म हराउँदै जादा प्रायजसोले आफ्नो सभ्यता प्रती नै ध्यान नदिदा आजभोलि होरीहोरैया गीत गाउने भन्दा बढी आधुनिक जामानाको ठुलो ठुलो साउन्ड स्पीकर बक्समा अश्लील भोजपुरी गीत बजाईरहेको जताततै सुन्न पाईन्छ । न त्यहाँ सुर हुन्छ नत ताल कुनै किसिमको सिर्जनात्मक कुरा हुँदैन तर पनि त्यही अश्लील गीतमै मानिस हरु रमाइरहेका हुन्छन् ।   

मधेसमा होली पर्वको अवसरमा  गाईने होरी होरैया लाई हामीले मौलिक संस्कृति झल्काउने पर्वको रुपमा लिदै आएको छौं ।विभिन्न रङ्गले भरिएको पर्वका रूपमा परिचित होलीको रमाइलो पक्ष डम्फा ढोलक सहितको होरी र होरैया पनि हो तर अहिले आएर होरी होरैया कम र होलीमा भोजपुरी अश्लील गीत संगै विकृति बढी देखिन थालेको छ । जताततै मदिरा सेवन गरि भोजपुरी गीतहरु अर्थात अश्लील गीत रामाउने प्रवृती बढेर गएको छ। यस्तो प्रवृतीका कारणले गर्दा झैझगडा बढी हुने तथा समाजिक सदभाव माथि नै असर पर्छन् । पहिलापहिला होली पर्वमा होरी र होरैया गाउने हरुको प्रत्येक टोलबस्ती गाउँगाउँमा  विभिन्न युवाहरुको टोली समिति हुन्थ्यो र उक्त समीतीले गाउँभरी सबैको घर दुरामा गएर होरि होरैया गाउने गर्थे । त्यसले गर्दा समाजिक सदभावमा पनि मद्द्त पुग्दथ्यो।
परम्परागत बाजा डम्फा ढोलक को साथमा समूहमा मिलेर गाइने गीत हो— होरी र होरैया। यसमा एक जना गाउने हुन्छ भने समूहका अन्य साथीहरूले जोगिरा सररररररर भनेर गाउनेलाई साथ दिन्छन् । खासगरी होरी–होरैया मार्फत होली खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर होरि होरैया गाएर होली खेल्ने चलन छ । तर अब त्यस्तो छैन ।अब कोहि कसैको घरमा प्रायः जसो समुह बिनाको होरिहोरैया बिना होली खेल्न जान्छन् ।

हे ड्म्फा के चोट महल बिच पहुचए , सुतली गोरिया चहकी उठए एहि फागुन मे...प्रदेसियाके चिट्ठीया लिखेए गोरिया एहि फागुनमे..। अर्थात डम्फाको अवाज घरमा पुगेपछि निदाएकी सुन्द्री निन्द्रा फागुनमा भङ्ग हुन्छ र प्रदेशमा रहेका प्रियलाई होली खेल्न पत्र लेख्छिन । प्रिय् र प्रियसी बीचको सुमधुर संगम भावना लाई जगाउछ। अब यस्ता गीत गाउने युवा गाउँमा छैनन् प्रायः जसो बस्तीमा युवा छैनन् युवा उमेर भन्दा माथिका मानिस छ्न तथा वृद्धवृद्धा छ्न । सरकारले आफनै देशमा गाउँठाउँमा काम गर्ने अवसर सृजना नगरे पछि गाउँघरका लगभग युवाहरु बिदेश गएको हामी सबैलाई थाहा नै छ। हिजो देशमा एकखाल को संकट थियो ।

त्यस समय क्रममा सत्तामा बस्ने सरकारले  संकटकालिन समयमा देशमा विकासको कामकाज रोजगारको लागि नयाँ कलकारखाना खोल्न सकेनन् र पुरानालाई साफसाफ बन्द अर्थात ठप्प नै बनाइए ।धेरै संघर्ष पश्चात् मुलुकले नयाँ संविधान मार्फ लोकतान्त्रिक गणतन्त्र पायो। अहिले केन्द्र र प्रदेश स्तरमा नयाँ सरकार गठन भएको लगभग २० बीस महिना भन्दा बढी भैसकेको छ। करिब दुईदशक सम्म स्थानीय निकायको चुनाव भएको थिएन र आज सबै स्थानीय निकायले जनप्रतिनिधि पाएको धेरै समय भैसकेको छ।

अब देशमा कुनै संकट छैन तर पनि अहिलेको सरकार र जनप्रतिनिधिले बिदेशीएका युवाहरूलाई फर्काउन स्वदेशमै रोजगारी सिर्जना गर्ने कुनै काम गरेको छैनन् । जताततै केन्द्र सरकार , प्रदेश सरकार देखि  स्थानीय निकाय सम्मको जनप्रतिनिधिले करोडौं लुटेको भ्रष्टाचार गरेको समाचार दिनहु आईरहेकै हुन्छ्न। विकास र रोजगार उपर कुनै तहको सरकार सङ नयाँ एजेन्डा योजना छैनन् । कुनै पनि देशको सरकारले आफ्नै युवालाई देशमा काम नदिई लेवर भिजा खाडी मुलुक पठाउन लाई विभिन्न बैंक मार्फत ऋण उपलब्ध गराउदैनन होला तर प्रदेश २ सरकारले त आफ्नो प्रदेशको जवानी सम्हाल्न नसक्दा युवाहरूलाई सात समुन्द्र पारी खाडी मुलुकमा काम गर्न पठाउन ऋण समेत उपलब्ध गराउन शुरु गरेको छ। देशमै रोजगार पाउने स्थीती नभए युवाहरु आफ्नै गाउँ फर्किन नसक्नु दु:खको कुरा हो। युवा नै गाउँमा नभए पछि आज परम्परागत संस्कृततिहरु लोप भईरहेको छ।आज होरि र होरैया गाउने युवा गाउँमा हैन खाडीमा छन् र हाम्रो सरकारले संस्कृति रक्षाका निम्ति ठुला ठुला गफ हाक्छ्न। परम्परागत संस्कृति रक्षा गर्नु छ भने विदेश बसेका युवा लाई स्वदेशमै फर्काउ सरकार !
             
(नवीन त्रिवि राजनीतिशास्त्रमा अध्ययनरत तथा प्रदेश २ का नेविसंघ नेता हुन् । ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ