प्रम ओलीले भारतीय प्रम मोदीको कोरोना बिरुद्ध लड्ने प्रस्तावको स्वागत गरे
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
967
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कोरोना भाइरस बिरुद्ध सार्क राष्ट्रहरुले साझा रणनीति बनाउने प्रस्तावको स्वागत गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फेलिरहेको कोरोना भाईरस बिरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरु एकठाउँमा आउन आव्हान गरेका थिए। उनले सार्कले साझा रणनीति बनाउँदै कोरोना बिरुद्ध लड्नु पर्ने बताएका थिए।
मोदीले ट्विट गर्दै भनेका थिए – ‘सार्क राष्ट्रहरुले एउटा सशक्त रणनीति बनाउँदै कोरोना बिरुद्ध लड्नु पर्छ’। ‘हामीले आफ्ना नागरिकहरुलाई स्वस्थ राख्न भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्न सक्छौं’ उनले अगाडि लेखेका थिए।
‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्याउन सक्छौं।’ मोदीले आफ्नो ट्विटमा भनेका थिए।
प्रम ओलीले ‘म प्रधानमन्त्री नरेन्द्र मोदीजीले अगाडि सारेको प्रस्तावको स्वागत गर्दछु। सार्क राष्ट्रहरुसँग डरलाग्दो रोग बिरुद्ध लड्न मेरो सरकार तयार रहेको छ।‘ ट्विट मर्फत मोदीलाई उत्तर दिएका छन्।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.