कोरोना भाइरस बिरुद्ध सार्क राष्ट्रहरुको साझा रणनीति बनाउन मोदीको आव्हान
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
783
Shares
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फेलिरहेको कोरोना भाईरस बिरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरु एकठाउँमा आउन आव्हान गरेका छन्। उनले सार्कले साझा रणनीति बनाउँदै कोरोना बिरुद्ध लड्नु पर्ने बताएका छन्।
मोदीले ट्विट गर्दै भनेका छन् – ‘सार्क राष्ट्रहरुले एउटा सशक्त रणनीति बनाउँदै कोरोना बिरुद्ध लड्नु पर्छ’। ‘हामीले आफ्ना नागरिकहरुलाई स्वस्थ राख्न भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्न सक्छौं’ उनले अगाडि लेखेका छन्।
‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्याउन सक्छौं।’ मोदीले आफ्नो ट्विटमा भनेका छन्।
लामोसमय खासै महत्व नदिईएको सार्कलाई मोदीको यो आव्हानले नयाँ उर्जा भर्ने संकेत गरेको छ। विश्वभर फेलिरहेको कोरोना भाईरस दक्षिण एसियामा पनि देखीन शुरु गरेको छ। भारत र पाकिस्तानमा २ जानको मृत्यु भएको पुष्टि भैसकेको अवस्थामा मोदीले यस्तो आव्हान गरेका हुन्।
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.