arrow

स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य हुँदै

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1852378277.jpeg
हेटौँडा। उपप्रधानमन्त्री कमल थापाले मुलकका बहुसङ्ख्यक जनताको भावना अनुसार सङ्घीयतालाई अझ प्रभावकारी तुल्याउनका लागि स्थानीय निकायलाई निर्वाचनको माध्यमबाट सबल पार्न सरकार कठिबद्ध रहेको बताएका छन् ।

हेटौँडा उपनगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले सरकारले स्थानीय निकायको चाँडोभन्दा चाँडो निर्वाचन गराउन सर्वदलीय सहमति कायम गर्न गृहकार्य गरिरहेको जानकारी दिए । 

उपप्रधानमन्त्री थापाले सरकारको सीमित स्रोत र साधनले मात्र नगरलाई अत्याधुनिक सहर निर्माण गर्न नसकिने बताउँदै स्थानीय स्रोत र साधनलाई निष्पक्ष ढङ्गबाट बाँडफाँट गर्न आग्रह गरे । 

सो अवसरमा हेटौँडा उपनगरपालिकाका कार्यकारी अधिकृत सुदेश पोखरेलले तत्कालीन हेटौँडा नगरपालिकाको– ११ वडाबाट थपिएर उपनगरपालिका घोषणा हुँदासम्म २९ वडाका स्थानीय बासिन्दालाई खानेपानी, सडक र विद्युतीकरण गर्न बजेट अभाव रहेको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ