arrow

प्रधानमन्त्रीका तीन सल्लाहकार किन पुगे धरहरा ?

धरहराको १० औं तला ढलान गर्ने तयारी

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
PMs_advisors_at_Dharahara2.JPG

काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलानको तयारी भइरहेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए।

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले आज धरहरा  र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरेका छन् ।
 
रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए। उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ ।  

प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ