arrow

मौसम सफा, यस्तो छ पूर्वानुमान

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
weather-ktm-kathmandu-metro-sky.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।       

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली रहेको हो । 

त्यस्तै पश्मिमी, मध्य र पूर्वी क्षेत्रमा आंशिक बादल लागेको छ । 

काठमाडौं उपत्यकामा मौसम सफा रहेको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कंडेलले बताएकी छिन् । 

बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र भिजिबिलिटी ६ किलोमिटर रहेको छ । अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पनि उनले बताइन् । 

यस्तो छ बुधबार र बिहीबारको पूर्वानुमान

बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। 

बिहीबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

देशको पूर्वी र मध्य पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ