arrow

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरको मौसम अहिले सफा रहेको छ ।  

महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकामा पनि मौसम सफा रहेको छ । न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।

भिजिबिलिटी भने केही घटेको छ । जम्मा ३ किलोमिटर रहेको छ ।  

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । दिउँसो पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान 
बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ । 

शुक्रबार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पश्चिमी पहाडि भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै राती देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ