arrow

असमझदारी समाधान नगरि कांग्रेस क्रियाशिल सदस्यता बाढेको आरोप, रोक्न माग

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
Tanahu.jpg

तनहुँ । नेपाली कांग्रेस तनहुँका केही महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुको दमौलीमा हिजो भएको विशेष भेलाले अहिले तनहुँमा नेपाली कांग्रेस पार्टी गम्भिर रुपमा समस्याग्रस्त भएको र पार्टीभित्र भएको असमझदारी र असहमतिको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरण गर्ने कार्य सुरु हुन लागेकोमा आफूहरुको ध्यान आकर्षण भएको बताएका छन् ।  

तनहुँमा महासमिति सदस्य, शहीद पत्नी बालकुमारी लोहनी, र माओवादी द्धन्दकालमा अपांग बनाइएका चिक्त बहादुर थापा , लगायतका धेरै नेपाली कांग्रेसका नेताहरुमा विभाजन ल्याई वितरण गर्न लागिएको नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण कार्यक्रम षडयन्त्रपूर्ण हो भन्ने उनीहरुले ठहर गरेका छन् ।

 त्यसैले तनहुँ जिल्लाका सबै वडा  सदस्यहरुलाई तनहुँ जिल्लाको समस्या, राजनीतिक समस्या भएको र , राजनीतिक समस्याको समाधान राजनीतिक किसिमबाट गर्न सम्बन्धित निकायको ध्यानआकृष्ट गदै सो नहुँदासम्म सदस्य नविकरण र वितरण कार्यक्रम स्थगन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन  ।

तनहुँ कांग्रेसका पुराना नेता डिल्लीराम अधिकारीको सभापतित्वमा भएको विशेष भेलामा जिल्लाका वरिष्ठ नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ