arrow

नेपाल टेलिकमको नम्बरमा कल गर्दा कोरोना सचेतनाको रिङ टोन सुन्न सकिने

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
nepal-telecom-building.jpg

काठमाडौं। नेपाल टेलिकमको एउटा नम्बरबाट अर्को नम्बरमा वा कुनै पनि नम्बरबाट टेलिकमको नम्बरमा कल गर्दा कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंङब्याक टोन सुन्न सकिने बनाएको छ।

यस कार्यले अधिकाशं नेपालीलाई सचेतना सन्देश दिन सघाँउ पुग्ने टेलिकमले बताएको छ। कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो।

पटक-पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न  सन्देशमा जानकारी दिइएको छ। फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ