arrow

२०४५ सालका अस्कल स्ववियु सभापति बने नेकपा मुख्य सचेतक

logo
रासस,
प्रकाशित २०७६ चैत ६ बिहिबार
keshab-pandey.jpg

हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेशसभा सदस्य केशवराज पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेका हुन्  ।

नेकपा नुवाकोटका नेता पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नं  २ को कबाट प्रदेशसभा सदस्यमा निर्वाचित  भएका हुन् । विसं २०४० मा तत्कालीन अनेरास्ववियु (पाँचौँ) नुवाकोट अध्यक्ष बनेका पाण्डे विसं २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बनेका थिए  ।

पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एशियाली विद्यार्थी सङ्गठनको दुई कार्यकालसम्म सचिव बन्नुभएको थियो । तत्कालीन नेकपा(एमाले)को आठौंँ अधिवेशनपछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा पाण्डे सचिव हुनुहुन्थ्यो । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचांैँ अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो ।

यसअघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाँल यही चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई आजै गराइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ