arrow

राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
pm-oli-doha-2019.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट उनले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ