arrow

मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने तीन पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत ९ आइतबार
janakpur1.png

धनुषा । प्रहरीले मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मास्क र स्यानिटाइजरको कालोबजारी गर्नेलाई पक्राउ  गरेका छन ।

पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर  ४ स्थित सुस्मिता मेडिकलबाट स्थाइ घर सर्लाही बरहथवा नगरपालिका वडा नम्बर  ८ भई हाल जनकपुर  बस्दै आएका संजय साह, भम्रपुरा चोक स्थित अटल फार्मेसीबाट स्थाई घर धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर  ३ बनिगामा का २६ वर्षीय अनिल कुमार  यादव, महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर  ६ का ३० वर्षीय प्रभन्स चौधरी रहेका छन् ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषासँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र  गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ