arrow

बम बिस्फोट हुँदा बिकको मृत्यु

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
dead2.jpg

धनगढी । गोदावरी नगरपालिकामा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका ४ फुलबस्तीमा बम बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जंगलमा भेटिएको वस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर भएको बिस्फोटमा बिकको मृत्यु भएको बताए।

उनले ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटना स्थल तर्फ गएको बताउदै थप बिबरण प्राप्त नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ