arrow

घर जान चाहने बिद्यार्थीलाई निशुल्क जाने व्यवस्था गर्न नेविसंघको माग

सरकारलाई ६ बुँदे ध्यानाकर्षण

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  घर जान चाहने बिद्यार्थीलाई निशुल्क जाने व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ ।  

विश्व महामारीको रुप लिदै गरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले दैनिक जनजीवन र सामाजिक व्यवस्था नखलबलियोस् भन्दै नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ती जारी गर्दै सरकार र सम्बन्धित सरोकारवालाहरुलाई आइतबार ध्यानाकर्षण गराएका हुन् ।

नेविसंघले हवाई सेवा संचालकहरुले देशका हरेक रुटमा चार्टर उडानका नाममा बढी भाडा असुलेको र पहिले दिई आएको छुट सुविधा समेत हटाएको भन्ने खबरहरु आएकोले सो नगर्न चेतावनी दिएको छ ।

उपत्यकाबाहिर घर भएका र घर जान इच्छक विद्यार्थीहरुलाई सरकारले निःशुल्क घर पठाउने व्यवस्था गर्न नेविसंघको माग छ । काठमाण्डौमा घर बहाल लिएर बसेका विद्यार्थीहरुलाई संकट अवधिभर ५०% घरभाडा छुट हुने व्यवस्था मिलाइयोस् नेबिसंघ महामन्त्री युवराज पाण्डेले भने ।

जनतालाई घर बसीबसी सूचना प्राप्त गर्न र घरमा समय विताउन सहजताका लागि सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहलियत वा कर छट दिएर संकट अवधिभर इन्टरनेट सेवा निशुल्क उपलब्ध हुने व्यवस्था गर्न नेविसंघको आग्रह छ ।

'नेपालसँग सीमा जोडिएका भारतीय प्रान्तहरुमा पनि कोरोनाको प्रकोप फैलिदै गएकोले भारतीय नाकाहरुमा आवत जावत पूर्ण रुपमा बन्द गरियोस् । अत्यावश्यक उपभोग्य वस्तुहरुको कृतिम अभाव, महंगी र कालाबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गरियोस्', नेबिसंघका अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ