arrow

चाणक्यका अनुसार यस्ता मानिसले बढाउँछन् तनाव

logo
चाणक्य,
प्रकाशित २०७६ चैत ९ आइतबार
chanakya43.jpg

काठमाडौं । चाणक्य नीतिमा लेखिएका शिक्षालाई अवलम्बन गरेर हामी कयौ समस्याबाट बच्न सक्छौ ।

चाणक्यले सुखी र सफल जीवनको लागि नीति शास्त्रको रचना गरेका हुन् । यी नीतिहरु आज पनि हाम्रो काम आउन सक्छ । आचार्यले चाणक्य नीतिको तेस्रो अध्यायमा हामी कस्ता प्रकारका मानिसहरुलाई आफुसँग राख्नुपर्छ र कस्ता मानिससँग टाढा रहनुपर्छ भन्ने बारे बताएका छन् ।  

मूर्खस्तु परिहत्र्तव्य: प्रत्यक्षो द्विपद: पशु:।
भिद्यते वाक्यशूलेन अद्वश्यं कण्टकं यथा।।

यस श्लोकमा मूर्ख यानी बुद्धिहीन व्यक्ति दुई खुट्टा भएको जनावर समान हुन्छ भनिएको छ । बुद्धिहीन मानिसले प्राय कडा शब्दहरुको बाणले  नोक्सान पुर्‍याउने बताइएको छ । यस्ता मानिसले जुनै काम गरेपनि त्यसले हाम्रो समस्याहरु बढाउनेछ । अत: यस्ता मानिसहरुबाट टाढै रहनुपर्छ ।

आचार्य चाणक्य भन्छन्, 'हाम्रो आसपासमा कयौ यस्ता मानिस हुन्छन् जो आफ्नो बुद्धिको प्रयोग गर्दैनन् । यी मानिस समय-समयमा मूर्खतापूर्ण कार्य गरिरहन्छन् । यस प्रकारका मूर्ख वा बुद्धिहीन मानिस दुई खुट्टा भएको पशु समान हुन् । जसमा सोच्ने- बुझ्ने शक्ति हुदैन ।'

यी मानिसहरुको आचरण र स्वभाव पनि दूषित हुन्छ । सधै मूर्ख मानिसहरुद्वारा गरिएको कुरा हाम्रो लागि काँडा समान चोट पुर्‍याउने हुन्छ। यसैले मूर्ख मानिसहरुबाट टाढै रहनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ