काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बच्न देशमा तत्काल लकडाउन गर्न कांग्रेस नेता डा शेखर कोइरालाले माग गरेका छन्।
डा कोइरालाले मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुमा आकस्मिक रुपमा कोरोना भाइरसको परिक्षण गरिनुपर्ने समेत सरकारसँग माग गरेका छन्।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस COVID-19 ले नेपाली जनजिवन त्रसित बनेको उल्लेख गर्दै तत्काल भरपर्दो व्यवस्था गर्न कोइरालाले सुझाव दिएका छन्।
भारतीय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था नभएकोमा चिन्ता व्यक्त गर्दै कोइरालाले भारतीय नाकाबाट आएका ब्यक्तीहरुको लागी प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरेर उनीहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा राख्न पनि सुझाएका छ्न्।