arrow

कांग्रेस अग्रज नेताको गंगालालमा मृत्यु

logo
प्रकाशित २०७६ चैत १० सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस दाङका अग्रज नेता छविकुमार शर्माको सोमबार काठमाडौँको गंगालालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय शर्मा २०१५ सालका सांसद स्व. गणेशकुमार शर्माका भाइ हुन्।

 २०१७ साल पछि स्वर्गीय छविकुमार शर्मा दाङका तत्कालीन सभापति तिलकबहादुर डाँगीको कार्यकालमा जिल्लाको कार्यवाहक सभापति समेतको जिम्मेवारी वहन गरेका थिए ।

 शर्माले २०१७ साल पछिका विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन बिताउनुका साथै पार्टीको विभिन्न एक्सन कमिटीहरुमा समेत रहेर तथा नेपालको प्रजातान्त्रिक आन्दोलनहरु र पार्टी संगठनमा उनले अत्यन्त सक्रिय भूमिका निर्वाह गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई गत फागुन १९ गते जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्— “प्रजातन्त्र सेनानी एवं दाङका अग्रज नेता छविकुमार शर्माको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उनले नेपालको प्रजातान्त्रिक र पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै उनको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ