arrow

स्वास्थ्यमन्त्री ढकालको व्यवहार पर्खाल चढेर भाग्ने अटेरीहरुको झैं

संवेदनशिल समयमा स्वास्थ्य मन्त्री ढकालको असंवेदनशील व्यवहार

logo
प्रकाशित २०७६ चैत १० सोमबार
health-minister-press-confrence.gif

काठमाडौं। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई लिएर सर्वत्र बिरोध गरिएको छ। संवेदनशिल समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देखाएको असंवेदनशील व्यवहारको बिरोध भएको हो।

सरकार आफैले कोरोना भाइरसको जोखिमबाट बच्न २५ जना भन्दा बढी एक ठाउँमा भेला हुन नपाउने निर्देशन जारी गरेका बेला मन्त्रालयले कोचाकोच पत्रकार बोलाएर गरेको पत्रकार सम्मेलनलाई लिएर चर्को बिरोध भएको हो।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज गरेको पत्रकार सम्मेलनमा सयजना भन्दा बढी पत्रकार उपस्थित थिए। पत्रकार सम्मेलन स्थलमा कोचाकोचको अवस्था देखिएको थियो।

पत्रकारहरुले नै मन्त्रालयमा यस्तो संवेदनशिल अवस्थामा भिडभाड नगरौ, यो सूचना प्रेस विज्ञप्तिबाटै पनि दिँदा हुन्छ भने पनि मन्त्रीले नसुनेको गुनासो पत्रकारहरुले नै गरेका छन्।

हेल्थ टुडेका सम्पादक पदमराज जोशीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘खै कुन्नी, हाम्रा मन्त्रीज्युलाई भिडियोमा देखिनै पर्ने रहर लागेको हो की ? बुझ्नै सकिएन। हामीलाई त सरकारले सम्झाउने हो, यिनलाई कसले सम्झाउने ?’

लेखक तथा सञ्चारकर्मी सुदर्शन आचार्यले पनि व्यंग्य गर्दै लेखेका छन्, ‘२५ जना भन्दा कम जमा भएर गरिएको पत्रकार सम्मेलन।'

स्वास्थ्य मन्त्रीको ढकालको पत्रकार सम्मेलनसँग अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यका मुख्यमन्त्रीले गरेको पत्रकार सम्मेलनलाई दाँजेर पनि सामाजिक संजालमा मन्त्री ढकालको आलोचना भएको छ। 

सामाजिक दुरी कायम गर्न रोल मोडल हुनुपर्ने मन्त्रीनै ठेलमठेल गरेर बसेका पत्रकार र कर्मचारीसँग पत्रकार सम्मेलन गर्नुले उनको मिडियामा देखिने लालसा मात्रै झल्किएको छ। 

मन्त्रीको व्यवहार क्वारेन्टाइनमा राख्न नेपालगञ्जको एक क्याम्पसमा राखिएका सर्वसाधारणको भन्दा फरक देखिएन। भारतबाट आएर क्वारेन्टाइन्मा राख्न लगिएकाहरु मलाई केहि भएको छैन, हुँदैन भन्ने अटेरी स्वभाव देखाउँदै पर्खाल चढेर भागे झै अटेरी व्यवहार मन्त्री ढकालले देखाएका छ्न्।

सामाजिक संजालमा देखिएको आक्रोसले सरकारभन्दा आम जनता अझ सञ्चारमाध्यम बढी संवेदनशील भएको देखाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ