arrow

उपराष्ट्रपति पुनद्धारा सरकारको प्रयासमा पूर्ण साथ दिन अपिल

logo
प्रकाशित २०७६ चैत १० सोमबार
Nanda-Bahadur-Pun-firta-news.jpeg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा उक्त पारिश्रमिक प्रदान गर्ने उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ