कोरोना भाइरसबाट सर्तक रहन तरुण विभाग प्रमुख भण्डारीको आग्रह
प्रकाशित २०७६ चैत १० सोमबार
320
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरस (कोभिड —१९) बाट सर्तक रहन आग्रह गरेका छन् ।
साथै तरुण विभाग प्रमुख भण्डारीले कोरोना भाइरसको संक्रमणबाट कुनै किसिमको आपतकालिन अवस्था सिर्जना भएमा देशभरिका तरुणहरुलाई राज्यका जिम्मेवार निकायहरुमा जानकारी दिन थप आग्रह समेत गरेका छन् ।
त्यस्तै संक्रमणको घडीमा देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा रगतको अभाव सिर्जना हुन सक्ने हुँदा रक्तदानका लागि तयारी अवस्थामा रहन समेत तरुणहरुलाई तरुण विभाग प्रमुख भण्डारीले अपिल गरेका छन् ।