arrow

स्वास्थ्यमन्त्रीले हेलचेक्र्याइ गर्दा आलोचनाको शिकार, नेविसंघद्धारा भर्त्सना

मन्त्रीले भने – यसरी नबोलाएको भए फेरि गम्भीर विषयमा मन्त्रीले प्रेस विज्ञप्ति दिएर टारेजस्तै हुन्छ भनी वाध्य भएर बोलाएको हो

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
NSU-protest.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनलाई लिएर भर्त्सना गरेको छ । 

ढकालले संवेदनशील समयमा असंवेदनशील व्यवहार देखाएको भन्दै सर्वत्र विरोध भइरहँदा नेविसंघले पनि त्यसको विरोध गरेको हो ।  

सरकारले यसअघि नै कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न २५ जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्देशन जारी गरेका बेला मन्त्रालयले कोचाकोच पत्रकार बोलाएर गरेको पत्रकार सम्मेलनलाई लिएर चर्को विरोध भएको हो ।

पत्रकारहरुले नै मन्त्रालयमा यस्तो संवेदनशील अवस्थामा भिडभाड नगरौं, यो सूचना प्रेस विज्ञप्तिबाटै पनि दिँदा हुन्छ भने पनि मन्त्रीले भने यसरी नबोलाएको भए फेरि गम्भीर विषयमा मन्त्रीले प्रेस विज्ञप्ति दिएर टारेजस्तै हुन्छ भनी वाध्य भएर बोलाएको प्रतिक्रिया दिएका छन् । 

उनले भने, ‘अब दैनिक प्रेस विज्ञप्ति जारी गर्छौं, पत्रकार बोलाएर जानकारी नै गराउने उद्धेश्य भएकाले पहिलो पटक यसो गरिएको हो ।’

यसैबीच नेविसंघले ‘संवेदनशील समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देखाएको असंवेदनशील व्यवहार खेदपूर्ण छ’ भनेको छ । 

नेविसंघका महामन्त्री बलदेव तिलम्सिनाले भनेका छन्, ‘सरकार आफैले कोरोना भाइरसको जोखिमबाट बच्न २५ जना भन्दा बढी एक ठाउँमा भेला हुन नपाउने निर्देशन जारी गरेका बेला मन्त्रालयले कोचाकोच पत्रकार बोलाएर गरेको पत्रकार सम्मेलन गर्नु हेलचेक्र्याइ र निन्दनीय कार्य हो ।’

उनले भने, ‘पत्रकारहरुले नै मन्त्रालयमा यस्तो संवेदनशिल अवस्थामा भिडभाड नगरौ, यो सूचना प्रेस विज्ञप्तिबाटै पनि दिँदा हुन्छ भने पनि मन्त्रीले नसुनेको स्वास्थ्य मन्त्रीको ढकालको पत्रकार सम्मेलनसँग अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यका मुख्यमन्त्रीले गरेको पत्रकार सम्मेलनलाई दाँजेर हेरौं’ भनेका छन् । 

नेविसंघले भनेको छ, ‘सामाजिक दूरी कायम गर्न रोल मोडल हुनुपर्ने मन्त्रीनै ठेलमठेल गरेर बसेका पत्रकार र कर्मचारीसँग पत्रकार सम्मेलन गर्नुले उनको मिडियामा देखिने लालसा मात्रै झल्किएको छ ।’
 
नेविसंघले विज्ञप्ति जारी गर्दै भर्सना गर्दै भनेको छ, ‘मन्त्रीको व्यवहार  भारतबाट आएर नेपालगंज क्वारेन्टाइन्मा राख्न लगिएकाहरु मलाई केहि भएको छैन, हुँदैन भन्ने अटेरी स्वभाव देखाउँदै पर्खाल चढेर भागे झैं अटेरी व्यवहार मन्त्री ढकालले देखाएका छ्न् ।’

महामन्त्री तिमल्सिनाले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै समयमै गतिविधि सुधार्न आग्रहसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ