बिपदमा 'युट्युब्बे' आतंक

निर्मल घिमिरे, प्रकाशित मिति : २०७६ चैत १२ बुधबार

जापान । सुचना प्रविधिको विकाशले संसार ‘एकै छानो मुनीको घर’ जस्तै भएको बर्तमान दुनिया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टुमा चिट्ठी पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन ।

 श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जादा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको बिलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ । हिजो जसरी सुचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौ हामी आजका दिनमा । २००७ साल मा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनता ले २००८ सालको अन्त्य तिर सुनेका थिए रे । प्रबेशिका परिक्षाको नतिजा हेर्न हिजो केवल एक मात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दापछि सदरमुकाम  पुगेर गएर पत्रीका ल्याएपछि मात्र जानकारी पाइन्थ्यो । 

धेरै पनि भएकै छैन , केहि बर्षकै अन्तरालमा संचार जगतले हाम्रो देश मा यत्ती छिटो पाइला चालिरहेको छ कि, यसले अन्य धेरै पुर्वाधारका सुचकाङ्कलाई समेतपछि पार्दै आफुलाई अब्बल साबित गरेको छ ।  हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा त यसले यत्ती चाडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन बिकशित मुलुकहरुमा सुचना प्रविधिको विकाश कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौ । आज यहाँ प्रस्तुत गर्न लागिएको बिषय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाईरहेको बिकृतीसँग समबन्धित छ । 

केहि दिन अगाडी देखी मैले यस बिषयमा लेख लेख्न धेरै रिसर्च गरे अनि के यो ट्रेन्ड नेपालमा मात्र हो त भनेर बुझ्दै जादा यसले सारा बिश्व भरी नै ‘बेतुक’ को खबरलाई चाडो फैलाउने (भाइरल्) हुने प्रबृत्ती रहेको पाइयो । जुन कुरा को नियमन गर्न धेरै मुलुकहरुले प्रबावकारी सम्यन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सञ्जाल ,हरुलाई कारवाही गर्ने गरेको पाइयो ।  वास्ताबिक सुचनालाई अनावश्यक रंग लगाइ अनेकौ फुल बुट्टा भरेर कुन सब्द , शिर्षकले तुरन्तै कौतुहलता देखाउछन , त्यो शिर्षक लेखी भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपङ्ती मै सायद आउछ होला ।के यि अफवाह कै निमित्त मात्र यस्ता सामाजिक सञ्जालको प्रार्दुभाव भएको हो त ? यि र यस्ता बिषयमा कलम चलाउनु अघी यसको इतिहास अध्य्यन गर्नु आवश्यक भएको हुँदा मैले बुझे सम्म देहाय अनुसारका लागी यस्ता केहि तीन महत्वपुर्ण  सञ्जालको विकाश भएको पाइयो ।

इन्टरनेट :-
टिम बर्नर्स लीले सन १९६० को दशकमा अमेरिकाको रक्षा विभागको अनुसन्धान गर्नका लागी विकाश भएको इन्टेरनेट अहिले यसको प्रयोगकर्ता तीन अर्ब माथी रहेको छ ।सुरुवात ताका ‘अर्पनेट’ नामाकरण गरिएको यसको नामपछि मात्र ‘इन्टेरनेट’ भएको हो । यसलाईपछि अक्सफोर्ड विश्वबिद्यालयले बिस्तार गरेको थियो । सुचना आदन प्रदान गर्न छिटो छरितो बनाउन यसको सुरुवात भएको मानिन्छ ।  

फेसबुक :-
युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हाराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समय मै यत्ती लोकप्रियता हासिल गर्‍यो कि आज विश्वको १ दसमलब ७ बिलियन  जनसँग्ख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ । सन २००७ मा यसको ब्यापक सम्भावना देखेर बिश्वको ठुला औध्योगिक घराना माइक्रोसफ्टले यो सञ्जाल आफैले खरिद गरी यसका सन्स्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागेपछि भने त्यी युवा विद्यार्थीले कहिलै पछाडी फर्केर हेर्नु परेन यानिकी यसले यत्ती चाडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरी दियो । समाजिक सञ्जाल मध्य सबै भन्दा लोकप्रिय यो सञ्जाल बनाउने बिद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोर्ब्स म्यागजिनका अनुसार उनि बिश्वको पाचौ धनी ब्यक्ती भित्र परेका छन ।  

युट्युब :-
सन २००५ मै हुर्लेर्ल्री चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहल कदमीमा यसको सुरुवात अथवा आबिस्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानिकी प्रणय दिवशका दिन डेटिङ साइट्का लागी बनाएको यस साइट ले पनि स्थापना को छोटो समय मै समय मै यसले पनि आफ्नो बिकासमा फेसबूकले झै छलाङ नै मारेको छ । स्थापना कै १८ महिना पस्चात गूगल जस्तो प्रसिद्द इन्जिनले यो खरिद गरेपश्चात यसले दिन दुइ गुणा रात चौगुणा ब्यपकता पाएको हो । एक सर्बे अनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेड अरब भन्दा माथी रहेको छ । 

तर तत्समय तत्कार्यका लागी स्थापना भएका यस्ता सञ्जालहरु मध्य हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरन्जना सहितको बेतुके खबरले जग हसाइ भइरहेको छ । के भन्दा चाही धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ , त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’ का शिर्षक राखेर अतिरन्जना सहित खबर सम्प्रेशण गरिरहदा बिपदको बेलामा जनताहरु थप अन्यौलमा हुने र झन डर चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रबृतीले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्बसाधारणहरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन । 

यसो बाहिर तिरका बिदेशी मिडियाहरु हेर्यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन , बिश्वका मिडियाहरुले “आज नासाका बैज्ञानिकहरुले यो पत्ता लगाए , बिश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरिया ले संयुक्त रुप मा सैन्य अभ्यास गर्ने घोशणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यत्ती रकम समाज सेवाका लागी बिनियोजन लागायतका खबर पस्किरहेको बेला तर हाम्रा हाम्रा बिचरा मिडियाहरु चाही “एस बाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिर्: जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ्, भुमी सुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन कर्मचारीहरु लाई निर्देशन : काम राम्रोसँग गर्नु, तेह्रथुमको सामुहिक हत्या प्रकरणमा मुलधारका मिडिया भन्दा अगाडी त्यीनै कुपात्रहरु पुगेछन र त्यहाँको बातावरण लाईभ दिदै एक सत्यले सो दुर्घटनामा बाच्न सफल सानी बच्चीलाई सोधेको प्रश्न देख्दा जो कोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो । “ सबै भन्दा पहिला कसलाई काट्यो , अनि रगत कती जती आयो , तिम्रो मनमा त्यो देख्दा कस्तो फील भयो ? तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ” जस्ता एकदमै सम्बेदनाहिन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेशण गर्ने अधिकार कसले दियो ? २०७२ सालको भुकम्प जादा, सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरु चाही अझै ९ रेक्टरको भुकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिनपछि आउछ रे, यती बजे आउछ रे, उति बजे आउछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने तोरीलाहुरे प्रबृती बाहेक अरु केहि बाकी देखिन्न । 

बिषय केहि पाउदैनन अनि कहिले जोगी, कहिले भोगी , कहिले ढोङ्गी , कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन । उदाहरणका लागी जस्तै शिल्पा रुदा रुदा साउन भदौको बर्खाको पानी भन्दा धेरै आसु झर्यो, दयाहाङ राइलाई सन्तान प्राप्ती, के जन्मियो हेर्नुहोस्, बरिश्ठ बिश्लेशक पुण्य गौतमले  गरे एक खुलासा: यो सरकार जनताको हितमा छ , अन्तरवार्ता मै सुरेन्द्र केसी यसरि भक्कानिए, धुर्मुस सुन्तली कै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हसाए , बरिस्ठ नारी अधिकारबादी नेत्री साबित्री सुबेदीले भनिन्: आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ , सासु बुहारीको झगडामा: हेर्नुहोस बुहारीको एक मुठी कपाल भुत्याएर सासुले भनिन्: अझै रिस मरेको छैन्, हनिमूनपछि नायिका रिचा शर्मा पहिलो पटक मिडियामा: भनिन मज्जा आयो, अध्यक्ष प्रचण्डले बिहान बिहान व्क्सरसाइज गर्न साइकल चलाउछन्, ” फलानो नेताले सर्बजानिक मिडियामा भने देशको विकाश गर्नु पर्छ “ आदी इत्यादी । कुनै बिषय बस्तु नपाएपछि एक राम्रै भ्युज भएको यु ट्युब मिडियावाला को ५ आमा जग्गा रहेछ दहचोक मा । अनि त्यो बिक्री भएको रहेनछ , त्यो बेच्नलाई उनले त्यो जग्गा सम्म जाने लाईभ प्रशारण गर्दै अहिले लगानी गरेर छोड्यो भने यो जग्गाले ४- ५ सालपछि यत्ती धेरै फाइदा दिन्छ भन्दै अनेक अनेक बर्ब बाराउदै थिए । 

केहि दिन अघी मात्रै “टेकु, नर्भिक अनि बिरगन्जमा कोरोनाले नेपालीको मृत्यु” खबर बिना स्रोत्, बिना सत्य बिना प्रमाणका भरमा प्रसारण भयो अनि स्याल हुइयाले बुझ्दै नबुझी युट्युब्बे कैपछि लागेर हाम्रा केहि मुलधारका मिडिया कर्मीले पनि ब्रेकिङ न्युज नै बनाए तर जुन असत्य साबित भयो र उनिहरुले एक प्रेस बक्तब्य नै जारी गर्नु पर्‍यो । यस्ता भ्रामक र दुख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यि तोरीलाहुरेहरुको मनोबल झन बढेर जान्छ र कालन्तरमा यिनिहरुले आफु हिट कसरी हुन सकिन्छ्, केवल त्यो मात्र गरेर जनमानसमा झन अन्यौलता छर्छन । 

के माथीका कुनै खबर शिर्षकमा कुनै दम वजन अनि तुक छ होला र ? कसले भने बरिस्ठ त्यस्ता स्वाठहरुलाई अनि नेताले देश बिकास गर्नु पर्छ भन्दा त्यो पनि थोडी न्युज शिर्षक बन्छ होला र ? यसो सम्झदा लाग्छ धिक्कार हाम्रा मिडिया अनि झन धिक्कार त्यस्ता पित पत्रकारिताका मसिहाहरुलाई । जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आबिस्कारकहरु पनि हाम्रा देशमा आए भने “धिक्कार मैले के यत्तीका लागी नै हो त यत्रो दुख गरेर यसको आबिस्कार गरेको” भनेर ओठ लोपार्दा हुन । 

यहा मैले बुझ्न नसकिरहेको कुरा चाहि, यि युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनिहरुले जथाभावी बेलगाम बर्बाराउदै हिड्छन भने त्यो गैर्हकानुनी काम भइरहदा राज्य ले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केहि पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया बिध्ययकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन सन्सदबाट पारित हुनु अगाडी मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले बिरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युटुब्बेहरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सर्हानिय थियो तर अपसोच त्यो पास हुन पाएन । 

यस आलेख को मुल मर्म त्यी राम्रा, खोज मुलक अनि यथार्थ परक खबर अनि मनोरन्जनात्मक सामाग्रीहरु प्रसारण गर्ने यु ट्युब कारहरु लाई निरुत्साहन गर्न खोजेको चाही पक्कै होइन । यो केवल त्यि खुरापाती आत्माहरु लाई शाब्दिक झापड हान्न खोजिएको हो जसमा जनमानस को कर्तब्यबोध एक रत्ती पनि छैन । अन्त्य मा मेरो सरकारसँग एक मात्र अनुरोध यो छ कि , यु ट्युब को काम केवल सिमा भित्र बसेर मनोरन्जनात्मक समाग्रीहरु पस्कने हो । यिनीहरु ले पत्रकारिता गर्ने होईन अनि सामाजिक सञ्जाल ले पनि आफ्नो परिधी नाग्नु भएन ।  यस्ता भ्रामक खबर सम्प्रेशण गर्ने च्यानलहरु को प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिनहरु लाई कारबाही को दा यरा मा ल्याउन कानुन द्रुत मार्ग बाट बनाएर भए पनि यस्ता गलत काम लाई निरुत्साहित गरिहल्नु पर्छ अन्यथा यस्ता युट्युब्बेहरु ले समाज मा झन आतंक सिर्जना गर्द छन भने बिपतका समयमा झन पिडा माथी पिडा थपिदिने काम गरिरहेका छन ।  

जसलाई पत्रकारिता को प समेत थाह छैन अनि आम संचारको इथीक समेत थाहा नहुने स्वाठहरुले एउटा डि एस एल आर क्यामेरा घाटीमा झुण्ड्याउन साथ संचारकर्मी अरे ।न त कुनै दर्ता, न कुनै कार्यालय न कुनै आबद्दता न त कुनै हिजाजत न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व । भ्युज कै आधारमा बिज्ञापनसँग्कलन गरी पैसा असुल्ने हसुरी प्रबृती । दुखी भोका नाङ्गाहरुको सम्बेदनसिल भिडियो समेत बनाइ उनिहरु को दयनिय अवस्थालाई झन कारुणिक बनाएर शुभ चिन्तकहरु बिशेस गरी परदेशिएकाहरु बाट रकम असुली  गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा बन्यजन्तु खोज्न जादा “ओह माइ गड” भनेर बोले जसरी बेस्सरी कनेर  “उफ...उफ...” गर्दै के के न गरेको जसरी भिडियो एङ्गल एङगल बाट खिची सो लाई उहि आम्मा मा वाला सिर्शक दिइ सो बाट भ्युज अनि सब्स्क्राइब बटुल्ने “युटुब्बे कुपात्रहरु” ले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहने पत्रकारहरु र असल नियतका युट्युब सन्चालकहरुले समेत बदनामी हुनु परेको छ । 


फेसबूक्, युट्युब्, भाइबर लगायतका सञ्जालहरुले प्राय सबै मुलुकहरुमा आफ्ना आफ्ना प्रतीनिधीहरु नियुक्त गरेका हुन्छन जसले सो मा हुने अमरयादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्कहरु अनि सम्बेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावी पोस्ट्याइ गर्नेहरुलाई नियमन गर्न योसँग सम्बन्धी कानुन बनाएर ब्यबस्थित गर्न ढिलो भइ नै सकेको छ । सबै तालुकदार निकायलाई बेलैमा चेतना भया । 

नयाँ