-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । हाल पश्चिमी पहाडी भूभागमा थोरै आंशिक बदली रहेको छ ।
अन्य भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।
मंगलबारसम्म वर्षा हुने छैन । मंगलबार एक दुई स्थानमा पश्चिम पहाडी भूभागमा वर्षा हुन सक्नेछ ।
जमीन तात्ने भएकाले गर्दा शनिबार हावा चलेको थियो । आइतबार र सोमबार पनि हावा चल्न सक्ने रहेको अर्यालले बताए ।
उनले मध्यान्हपछि हावाहुरी वेग गतिमा चल्ने पनि उनले बताए ।
काठमाडौं उपत्यकाको वायुको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । भिजिबिलिटी ७ किलोमिटर रहेको छ ।
अधिकतम तापक्रम ३० डिग्री सेल्सियसम्म पुग्नेछ । शनिबार २९ डिग्री रहेको थियो ।
तापक्रम बढ्दै गएको छ । देशभरमै तापक्रम बढिरहेको अर्यालले बताए ।