arrow

कांग्रेसका सहमहामन्त्री महतको सरकारलाई ८ सुझाव

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
prakashsaran-_mahat.jpg

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कोरोना संक्रमण रोक्न सरकारलाई सुझाव दिएका छन्। सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै सहमहामन्त्री महतले जनतालाई राहत दिन प्याकेजको घोषणा गर्न सरकार सँग माग गर्दै ८ सुझाव दिएका हुन्।

डा. प्रकाश शरण महतका रोकथाम र राहत सुझाव

१. संभावित संकमितको पहिचान गर्ने र स्वास्थ्य परिक्षण गर्न तिव्रता दिइयोस यसका लागि काठमाण्डौमा टेकु वाहेक थप परिक्षण केन्द्र र सातै प्रदेशमा परिक्षण केन्द्रको व्यवस्था गरियोेस । साथै, निजी क्षेत्रका स्थापित अस्पतालहरु समेतको सहकार्यमा परिक्षण र नमूना संकलन केन्द्रहरु खोलियोस ।

२. निजी अस्पताल लगायत स्वास्थ्यसेवा प्रदायक निकायहरुमा कोरोना भाईरस (कोभेड १९) वाट सुरक्षीत हुन आवश्यक सुरक्षा सामाग्रीहरु तत्काल उपलब्ध गराई स्वास्थ्य सेवा पूर्ण रुपमा चालु गर्ने व्यवस्था मिलाईयोस ।

३. काठमाण्डौं उपत्यका र देशका अन्य भागहरुमा अत्यावश्यक सेवा ग्यास तथा खाद्य वस्तुको अभाव हुन नदिन उचित आपुर्ति व्यवस्था सुनिश्चित गरियोस । साथै, कृतिम अभाव र कालो वजारी रोक्न कडा व्यवस्था गरियोस ।

४. अति जरुरी र दैनिक उपभोग्य वस्तु किन्न जान आवत–जावतलाई सामाजीक दुरी सुनिश्चित गरी सहज बनाउन सुरक्षाकर्मीहरुलाई आवश्यक निर्देशन दिईयोस ।

५. उद्योग व्यवसाय, निर्माण कार्य वन्द भएर रोजगारी गुमाएका कामदार र मजदुरलाई काठमाण्डौं उपत्यका र ठूला सहरहरुमा स्थानीय निकायहरुको सहकार्यमा वडैपिच्छे दैनिक भोजन गराउने व्यवस्था मिलाईयोस ।

६. उद्योग व्यवसाय वन्द भई वेरोजगार भएका न्यून वेतनाधारी र श्रमीकहरुलाई सरकारले राहत प्याकेज घोषणा गरोस । लकडाउन अवधिभर कम्तीमा न्यून वेतनमा निर्भर श्रमीक र कामदारहरुले पाइरहेको ज्याला र तलव सुनिश्चित गरियोस ।

७. केहि महिनाको लागि विद्युत महशुल कम्तीमापनि ५० प्रतिशत कमगरी ग्यासको ठाउँमा घर घरमा खाना पकाउन विद्युत उपयोगलाई वढावा दिइयोस ।

८. आउने खेतीको समयमा कृषकलाई रासायनीक मल निशुल्क पुर्याउनेगरि आवश्यक आयात व्यवस्था समयमा गरियोस ।
अल्पकालिन र दिर्घकाली आर्थिक पुर्नस्थापना प्याकेज
क. ऋणको व्याज तिर्ने म्यादलाई कम्तीमा ६ महिना थप गरियोस ।
ख. राष्ट्रबैंकले ऋण प्रवाह सहज, सरल र सस्तो वनाउने मौद्रिक नितिको तत्काल घोषणा गरियोस ।
ग. भारतमा लागु गरिएको आधार कार्ड जस्तै राष्ट्रिय परिचयपत्रलाई चाडो. लागु गरी नागरिकका आवश्यकता र स्थिति अनुकूल भविष्यमा राज्यले दिने सुविधालाई सुधार गर्न आवश्यक काम तत्काल थालीयोस ।
घ. सातैप्रदेशमा सरुवारोग हस्पीटलहरुको स्थापना गरियोस ।
ङ. कृषी, पर्यटन र उद्योग व्यवसायलाई पुर्नजीवन दिन ब्याजदर न्यूनगर्ने लगायत प्रोत्साहनका लागि वित्तिय र मौद्रिक प्याकेज घोषणा गरियोस ।

डा.प्रकाश शरण महत
सह–महामन्त्री



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ