लकडाउनमा काठमाडौं क्षेत्र १ मा केही परे यसरी सम्झिऔं प्रकाशमान सिंहको टिमलाई
प्रकाशित २०७६ चैत १७ सोमबार
669
Shares
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिइसकेको वर्तमान परिस्थितिमा नेपालमा सात दिनदेखि लकडाउन चलिरहेको छ ।
यो लकडाउनका समयमा कुनै आपतविपद परेका खण्डमा आफूहरुलाई सम्झन नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद प्रकाशमान सिंहले आफ्ना मतदातालाई आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का सांसद सिंहको सिंगो टिम नै आपतमा सघाउन तयार रहेको जनाएको छ । विज्ञप्ति जारी गर्दै सिंहको टिमले सघाउनका लागि तयार रहेको भन्दै सम्पर्क व्यक्तिहरुको सम्पर्क नम्बरसमेत उल्लेख गराइएको छ ।
सिंहले भनेका छन्, ‘हामी सम्पूर्ण नेपालीहरु उच्च जोखिममा छौं । कोरोना भाइरसलाई नेपाल प्रवेश गर्नै नदिने हाम्रो प्रयास असफल भइसकेको छ । अब त्यसलाई थप फैलिन नदिने र यसको प्रभावबाट हुन सक्ने क्षति कसरी रोक्ने भन्ने गम्भीर चुनौती खडा भएको छ । यो कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न म र मेरो पार्टी नेपाली काँग्रेस सदैव तत्पर रहेको यस सन्दर्भमा स्पष्ट पार्दछु ।’
उनले अगाडि भनेका छन्, ‘यो विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सम्बद्ध सम्पूर्णप्रति उच्च सम्मान व्यक्त गर्दछु । त्यस्तै प्रदेश सरकारहरु, स्थानीय सरकारहरु, पार्टीका आम कार्यकर्ता पंक्तिलाई पनि जनताको सेवामा लाग्न हार्दिक अनुरोध गर्दछु ।’
उनको विज्ञप्तिमा लेखिएको छ, ‘कोरोना संक्रमणबाट हुन सक्ने जोखिम रोकथाम तथा नियन्त्रणका लागि हाम्रो देश कष्टपूर्ण लकडाउनको अवस्थामा छ । त्यसैले विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक सूचना र नियमहरुको पालना गर्दै घरभित्रै बसेर आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं ।’
सिंहले सरकारलाई कोरोना परीक्षणको व्यवस्था छिटो गर्न आग्रह गर्दै लेखेका छन्, ‘कोरोना भाइरसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न लकडाउनमात्र पर्याप्त छैन । यसको पूर्ण पालना र धेरैभन्दा धेरै व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न जरुरी भइसकेको छ । त्यसैले सम्भव भएसम्म धेरै स्थानमा धेरै जनाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई मेरो आग्रह छ ।’
नेता सिंहले ‘दिनानुदिन परिस्थिति प्रतिकुल बन्दै गएको र सरकारका काम गराई सुस्त र हल्का देखिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसको जोखिमबाट नेपाल र नेपालीलाई बचाउनका लागि प्रभावकारी र चुस्त कार्ययोजना बनाउन म सरकारसँग माग गर्दछु । विदेशस्थित नेपालीहरुको अवस्था र सुरक्षामा समेत ध्यान दिँदै हाम्रा दूतावासहरुलाई अझ प्रभावकारी बनाउन सरकारसँग अपिल गर्दछु ।’, भनेका छन् ।
उनले पुनः सरकारसंग माग गर्दै भनेका छन्, ‘लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन समेत कठिन भएकाले तत्काल राहत प्याकेज ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछु । त्यस्तै सर्वसाधारणको लागि दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरुको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गर्दछु ।’
आफ्ना मतदाताप्रति उदारभाव जनाउँदै उनले भनेका छन्, ‘लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा मलाई सदैव निर्वाचनमा विजयी बनाइ सेवा गर्ने अवसर दिनु हुने काठमाडौं निर्वाचन क्षेत्र नं १ का दिदीबहिनी तथा दाजुभाइहरुले र स्वदेश तथा विदेशमा बस्नु हुनेहरुले कुनै समस्या आइपरेमा मलाई र मेरो सचिवालयका निम्न लिखित साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ ।’
यी हुन् काठमाडौं क्षेत्र नं १ को लागि सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु–
प्रकाशमान सिंह– ९८५१०२३७६४
दिपेन्द्र श्रेष्ठ– ९८५१००५१७२५ (प्रदेश सांसद)
राजेन्द्र गुरुङ– ९८५१०८४५४२ (प्रदेश सांसद)
सुरज लामिछाने– ९८५१०३६१३६ (प्रदेश सभा सदस्य उमेदवार)
प्रकाश राणा– ९८५१०३८००८ (क्षेत्रिय सभापति)
हिरालाल तण्डुकार– ९८५१२७९९११ (वडा नं ११ को अध्यक्ष)
रामकुमार केसी– ९८५१२७९९१०, ९८५१०२५६८९ (वडा नं १० को अध्यक्ष)
कुश ढकाल– ९८५१२७९९२९, ९८४१३८९२७८ (वडा नं २९ को अध्यक्ष)
प्रल्हाद कार्की– ९८४१४११९१२ (प्रदेश अध्यक्ष क)
रामकृष्ण थापा– ९८४१३६८१३४ (प्रदेश अध्यक्ष ख)
उज्ज्वल कोइराला–९८४१४०५०१७ (इकाई सभापति वडा नं ३१)
रबिराज श्रेष्ठ– ९८५१०१८१३८ (इकाई सभापति वडा नं ११) देशभर तथा विदेशबाट सम्पर्क गर्नका लागि सचिवालय
श्रीराम लामिछाने– ९८५१००८८५७
युपि लामिछाने– ९८५१०८३४४०