arrow

थप ४ जनामा देखिएन कोरोना संक्रमण

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-test.jpg

नेपालगन्ज  । बाँकेमा कोरोना परिक्षणका लागि काठमाण्डौ पठाइएका थप १० जना मध्यबाट ४ जना  रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जानकारी दिएको छ। नेपालगन्ज क्वारेन्टाइनमा रहेका मध्य १० जनाको परिक्षणका लागि थ्रोट स्वाव  शनिबार काठमाडौं पठाइएको थियो।

काठमाडौंस्थित टेकु अस्पतालबाट ४ जनाको नेगेटिभ रिपोर्ट पठाइसकेको र पठाइएका  बाकी ६ जनाको रिपोर्ट आज बेलुका सम्म आइपुग्ने भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

नरैनापुर गाउँपालिकामा ८० जना क्वारेन्टाइनमा 
त्यस्तै  बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सक्रियता देखाएको छ । भारतका विभिन्न सहरहरुमा मजदुरी गर्न गएका स्थानीयहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको छ ।  बाहिरबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न थालिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । 

भारतमा अलपत्र परेका नेपाली चोर बाटो भएर आउने क्रम नरोकिएकाले नाका क्षेत्रमा निगरानी बढाएर उनीहरुको स्वास्थ्य चेकजाँच गरी अनिवार्य क्वारेन्टाइनमा बसाउन थालिएको शाहले जानकारी दिए । आइतबार मात्रै भारतबाट आएका वडा नम्बर ५ र ६ का ५० जनालाई वडा नम्बर ६ स्थित जयकिसान माविमा राखिएको  वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताए । 

उनीहरु सबैको अवस्था सामान्य रहेको पाइएको छ । नेपालगञ्जस्थित एक होटलको क्वारेन्टाइनमा अहिले नरैनापुरका ३० जना छन् । गाउँपालिकाले कारोना आशंकित व्यक्तिहरुलाई राख्न वडा नम्बर ४ को खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा १० शैयाको क्वारेन्टाइन केन्द्र बनाएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । उनले बाहिरबाट आएकालाई स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार गाउँपालिकाले बनाएको क्वारेन्टाइन वा घरमै पनि एक्लै बस्ने गरी व्यवस्थापन गरिएको बताए । उनले बाहिरबाट आएकालाई  क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ