काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारबाट देशमा पश्चिमी वायुको प्रभाव रहने छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार मंगलबार बिहान उपत्यका लगायत देशका अधिकांश भागमा मौसम सफा रहेको छ ।
पश्चिमी वायुले दिउँसोपख मौसममा खरावी आउने श्रेष्ठले बताए । उपत्यकामा साँझपख वर्षा हुन सक्नेछ । त्यस्तै मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा हुन सक्नेछ ।
बिहीबारसम्म नै मौसम बिग्रिने छ । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्नेछ । बिहान भिजिबिलिटी ६ किलोमिटर रहेको थियो ।
देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुन सक्ने देखिएकोले सर्वसाधारणमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साथै हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेकोले सामान्य सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बुधबार र बिहीबारको पूर्वानुमान
चैत्र १९ गते (बुधबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
चैत्र २० गते (बिहीबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।