बर्दियामा कालोबजारी गर्ने २ जना पक्राउ रङ्गेहात पक्राउ
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ चैत १८ मंगलबार
436
Shares
बर्दिया । पछिल्लो समय बर्दियामा कालोबजारी बढेसंगै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कालोबजारी गर्ने क्रममा बर्दिया प्रहरीले बर्दिया बढैयाताल गाँउपालिकाको शीतला बजारबाट दामोदर किराना पसलका कुशल शर्मा र बाँसगडि नगरपालिकाको बाँसगडी बजारको बुद्ध मेडिकल हलबाट बुद्धि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।
सोमबार शितलाबजारबाट चिनी बेच्दा कालोबजारी गरी ९० रुपैयाँमा बेचेको भेटिए पछि कुशल शर्मा पक्राउ गरीएको र आज बाँसगडी बजारमा ४ सय ५९ रुपैयाँ लेखिएको सेनिटाइजर १५ सयमा बेच्ने क्रममा बुद्धि चौधरीलाई रङ्गेहात पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए। दुवै जनालाई कालोबजारी एेन अन्तर्गत मुद्दा गरि अनुसन्धान भइरहेको समेत उपरिक्षक बास्तोलाले जानकारी दिए।