arrow

दिल्ली मुस्लिम सभामा सहभागी ६ नेपाली लुकेको अवस्थामा सप्तरीबाट पक्राउ, परराष्ट्र मन्त्रालय झुठो सावित

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
Markaj-muslim-corona.png

रौतहट । भारतको नयाँदिल्लीस्थित निजामुद्दिनको मुस्लिम धर्मसभामा सहभागी भएका १९ नेपालीमध्ये ६ जना नेपालमै फेला परेका छन् । 

उक्त धार्मिक सभाबाट फर्किएका ६ जना सप्तरीमा फेला परेका हुन् । राजविराज नगरपालिका–४ स्थित मिनि मार्केटअगाडि घर भएका उनीहरुलाई घरबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त सभामा सप्तरीबाट मात्रै १९ जना सहभागी भएको आशंका गरिएको छ । प्रहरीले शंकास्पद अन्यको पनि खोजी तीव्र बनाएको छ ।

गत फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदे बर्साइनमा आयोजना गरिएको मुस्लिम धार्मिकसभामा सहभागी भएकाहरु अधिकांश दिल्लीको तबलिगी सभामा सामेल हुन गएको जनाइएको छ ।

उक्त भेलामा सहभागी भएकामध्ये १० जनाको ज्यान गएको थियो । 

यता, परराष्ट्र मन्त्रालयले भने निजामुद्दिनमा आयोजना गरिएको तबलिगी जमातको सभामा २० जना नेपालीहरु सहभागी भएको र उनीहरु सबैलाई दिल्लीमै क्वारेन्टाइनमा राखिएको दाबी गरेको थियो ।

उक्त सभामा नेपालबाट ठूलो संख्यामा मुस्लिम प्रतिनिधिहरु सहभागी भएको र अधिकांश नेपाल फर्किसकेको आशंका गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ