arrow

मुस्लिम प्रचारकहरुको दिल्ली भेलाका १०को कोरोनाको कारण मृत्यु, १९ नेपाली पनि थिए सहभागि 

नेपाल पनि थप संकटमा पर्ने भय, भारतसँग समन्वय गरि प्रचारकहरुको खोजी गर्न माग

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
Markaj-muslim-corona.png

काठमाडौं। विश्व कोरोना संकटबाट पार पाउन सामाजिक दुरी कायम गर्ने कुरालाई कडाइका साथ पालना भइरहेका बेला भारतमा भने मुस्लिम समुदायले त्यसलाई लत्याउदै धार्मिक भेला गरेपछि कानुनी कार्वाहीको तयारी शुरु भएको छ। देश बिदेशका दुई हजार भन्दा ब्यक्तिलाई जम्मा गरि दिल्लीको निजामुद्दीनमा तबलिगी जमातले भेला गरि सरकारी आदेश र कानुन उलंघन गरेपछि आयोजक संस्थालाई भारत सरकारले कार्वाहीको तयारी गरेको हो। 

मुस्लिम समुदायको धार्मिकस्थलको रुपमा रहेको निजामुद्दीनको भेला त्यतिखेर सार्वजनिक भयो जतिखेर त्यहाँको एक धर्म प्रचारक विरामी भएर अस्पताल लगिएका थिए। अस्पतालमा लगिएका ति व्यक्तिको उपचारका क्रममा निधन भएपछि अनुसन्धान गर्दै जाँदा प्रसासनले त्यहाँ केहि दिनदेखि सयौं मानिसको उपस्थितिमा धार्मिक कार्यक्रम हुँदै गरेको थाहा पाएको थियो। सोहि ठाउँको कार्यक्रममा सहभागि भई भारतको विभिन्न ठाउँमा पुगेका मध्ये १० जनाको कोरोनाको कारण मृत्यु समेत भएको जानकारी पाएपछि मुस्लिमहरुको सो भेला कोरोना फैलाउने केन्द्रको रुपमा परिचित भएको छ। 

निजामुद्दीनको मरकजमामा रहेका करिव २५ सय मध्ये लकडाउन भन्दा पहिले करिब १२ सय देशको विभिन्न राज्यमा जमातको लागि निस्किसकेका थिए। बाँकी रहेका मध्ये करिब १२ सय विरामी अस्पतालमा भर्ना भएका छन्।

यससँगै भारत सरकार सो ठाउँमा आउनेहरुको सूची बनाएर उनीहरुको जानकारी जुटाउने क्रममा लागेको छ। भारतीय संचार माध्यमहरुका अनुसार विभिन्न १६ देशका ३ सय विदेशी समेत गरि करिब २५ सय प्रतिनिधी सहभागी भएको सो कार्यक्रममा नेपालबाट समेत १९ जना मुस्लिम प्रचारकहरु सहभागि भएका थिए। 

विभिन्न देशबाट आएका ति प्रचारकहरुले भारत लगायत अन्य स्थानमा गएर मुस्लिम धर्मको प्रचार गर्ने गर्दछन्। पर्यटकका नाममा आएर धर्म प्रचारमा हिडेका त्यस्ता प्रचारकहरुले आफ्नो जानकारी समेत लुकाएर भारतका विभिन्न भागमा फैलिएका कारण भारत सरकार अहिले ति व्यक्ति र संस्था बिरुद्ध कडा रुपमा प्रस्तुत भएको छ। 

आयोजक संस्था बिरुद्ध मुद्धा चलाइने भएको छ भने विदेशीहरुलाई भीसा रद्ध गरि अध्यागमनको कालो सूचीमा राखिने घोषणा गरिएको छ। तर भीँसा नचाहिने नेपालबाट गएका ती प्रचारकहरुको बारेमा भने भारत सरकारले जानकारी दिएको छैन। उनीहरु नेपाल फर्किसकेकी उतै भारतमै छन् भन्ने बारेमा अन्यौल छ। 

भारतीय संचार माध्यममा नेपाली मुसलमान पनि निजामुद्दीनको कार्यक्रममा सहभागी भएको समाचार आएपछि मुस्लिम समुदाय बढी भएको खासगरि तराई क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरु नेपालमा आएमा उनीहरु मार्फत नेपालमा कोरोना फैलिन सक्ने भन्दै चिन्ता व्यक्त हुँदै गर्दा उनीहरुको पहिचान गरि उपचारमा सतर्कता अपनाउन माग भएको छ। 

बाराका राजनीतिक कार्यकर्ता राजेश रौनियारले त्यस्ता व्यक्तिको तत्काल पहिचान गरि तराई मधेशका नागरिकको रक्षा गर्न माग गरेका छन्। नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका रौनियारले नेपाली मुस्लिम प्रचारकहरु समेत रहेको सो स्थानबाट कोरोना विस्तार हुँदा कैयन व्यक्तिको मृत्यु भइसकेको तथ्य आइसकेका कारणले उनीहरुको नेपाल प्रवेशमा कडाइ गरि कार्वाही हुनुपर्ने समेत माग गरेका छन्। ति प्रचारकहरुको पहिचानका लागि भारत सरकासँग समन्वय गरेर तत्काल काममा लाग्नुपर्ने बताए। उनीहरु लुकिछिपी नेपाल प्रवेश गरिसकेका रहेछन भने तिनिहरुलाई तत्काल नियन्त्रणमा लिई अन्य नेपालीमा कोरोना फैलिन नदिन काम थालिहाल्न रौनियारले सरकारसँग माग गरे।

कांग्रेस सांसद दिव्यमणी राजभण्डारीले नेपालबाट गएका ति १९ मुस्लिम प्रचारकहरुको खोजीको लागि सरकारसँगै मुस्लिम धर्मगुरु र मुस्लिम राजनीतिक नेतृत्वलाई पनि आग्रह गरेका छन्। दिल्लीको कार्यक्रममा नेपालको कुन ठाउँबाट को गएको भन्ने बारेमा जानकारी नभएको कारण आ आफ्नो क्षेत्रबाट कोहि त्यस कार्यक्रममा सहभागि भएको सूचना भएमा सम्वन्धित क्षेत्रका अगुवा मार्फत प्रहरी र प्रसासनलाई जानकारी दिइ कोरोना प्रसारलाई रोक्न सहयोग गर्न पनि सांसद राजभण्डारीले माग गरेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ