मिनेन्द्र रिजाल निर्वाचन क्षेत्रमा, रतुवामाई र सुनवर्षिको कोरोना विपद कोषमा ५० हजारको दरले सहयोग
किरण न्यौपाने,
प्रकाशित २०७६ चैत २० बिहिबार
577
Shares
मोरङ्ग। कोरोना भाइरसको महामारीको सन्त्रास बढ्दै गएको अवस्थामा नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले मोरङ्गको दुई नगरपालिकालाई विपद व्यवस्थापन गर्न सहयोग गरेका छन्।
मोरङ्ग क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य डा.रिजालले मोरङ्गको रतुवामाई नगरपालिका र सुनवर्षि नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५० हजार रुपैयाँको दरले सहयोग गरेका हुन् ।
स्थानिय तहहरुले विपद व्यवस्थापनका लागी कोष स्थापना गरी एकद्धार प्रणाली मार्फत स्थानियलाई सहयोग गर्ने भएपछि रिजालले नगरपालिकाले सञ्चालनमा ल्याएको विपद कोषमा रकम उपलब्ध गराएका हुन्।
रिजालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल गर्दै कोरोना भाइरस बारे जनचेतना समेत फैलाउदै आएका छन् । प्रतिनिधिसभा सदस्य डा.रिजालले आफनो निर्वाचन क्षेत्र समेत रहेकाले सरकारले दिने राहत बाहेक आफनो तर्फबाट केन्द्रमा आधा महिनाको सेवा सुविधा र नगरपालिकालाई ५० हजार रुपैया सहयोग गरेको बताए ।
रिजालले कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीका वडाहरुमा समेत पार्टी समिती मार्फत सहयोग रकम उपल्वध गराउने तयारी गरेका छन् ।
डा. रिजालले आफनो क्षेत्रमा २९ वटा वडा रहेकाले पार्टी वडा समितिलाई पनि ५ हजारका दरले उपल्वध गराउने र अगुवा कार्यकर्ता नेताहरु समेतले कोष खडा गरी कोरोना रोगबारे जनचेतना जगाउन अधिकत्तम कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।
सो अभियानमा पार्टी वडा समितिहरुले सोही कोष मार्फत विपन्नहरुलाई माक्स, सेनिटाइजर र ठाऊ ठाऊमा साबुन पानीले हातधुने व्यवस्थाको प्रवन्ध समेत गरेका छन् ।
रिजालले महामारीबाट सबैलाई जोगिनका लागी आग्रह गर्दै सरकारले लागु गरेको लकडाउनलाई पालना गर्न अपिल गर्दै जनतालाई दुखको बेला आवश्यक सहयोग समेत गर्ने प्रतिवद्धता जनाए ।