arrow

निर्मला क्षेत्रीको प्रश्न, '५ दिनसम्म पनि शब उठाउने वातावरण किन नबनाएको ?' 

logo
प्रकाशित २०७६ चैत २० बिहिबार
nirmala-chhetri.jpg

काठमाडौं। नेपाली कांग्रेस प्रदेश पाँचकी सचेतक निर्मला क्षेत्रीले आइसोलेसनमा रहँदा मृत्यु भएका युवकको शव नउठेको बिषमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्। कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय बावुराम थापाको गत आइतवार मृत्यु भएको थियो।

मृत्यु भएको पाँच दिनसम्म पनि उनको शव नउठाइएको भन्दै सचेतक क्षेत्रीले परिवारको मागलाई सम्बोधन गर्दै तत्काल युवकको शव उठाउन प्रदेश सरकारसँग माग गरेकी छिन्। प्रदेश सरकारले ५ दिनसम्म पनि शब उठाउने वातावरण किन नबनाएको भन्दै प्रश्न तेर्स्याएकी छिन्।

कोरोना आशंकामा आइसोलेसनमा राखिएका थापाको मृत्यु भएपछि शवलाई छुने आँट कसैले गरेका छैनन्। पति वियोगमा रहेकी रिताले उपचारमा लापरबाही भएकोले मृत्यु भएको बताउँदै आएकी छिन्। आफुलाई अस्पताल भित्र छिर्न समेत नदिएको गुनासो उनले गरेकी छिन्।

बैदेशिक रोगजारीका क्रममा लामो समय दुबई बसेका थापा केही दिनअघि नेपाल फर्किएका थिए। ज्वरो आएपछि १३ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनलाई कोराना अस्पतामा आइसोलेसनमा राखिएको थियो । त्यहाँ उनको कोरोना परिक्षणको रिपोर्ट नअई निधन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ