कोरोनाको सातौं संक्रमित कास्कीमा फेला परेको कुरा स्वास्थ्य मन्त्रालयले नकार्यो
प्रकाशित २०७६ चैत २१ शुक्रबार
1k
Shares
कास्की। भारतबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको बताइए पनि उनमा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ। अहिलेसम्म मध्यपूर्व, चीन र युरोपियन देशबाट आएकामा कोरोना देखिदै आएको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको वेवसाइटमा उल्लेख भए अनुसार कास्कीमा कोरोनाका सातौं संक्रमित व्यक्ति फेला परेको समाचार प्रकाशन गरिएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
सो सूचनाको बारेमा थप जानकारी लिदा पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठान स्रोतले जानकारी दिदै थप दुई परिक्षण हुने बताइएको थियो।
यसअघी सार्वजनिक भएका दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानबाट नेपाल आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखिएको थियो भने त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आएको थियो । चीनबाट आएका व्यक्ति पहिलो संक्रमित थिए। उनी निको भएर गइसकेका छन्।
त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण भेटिएको भोलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।
समाचार सञ्चाइएको बारेः माथि उल्लेखित समाचार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको वेवसाइटमा उल्लेख भए अनुसार प्रकाशन गरिए पनि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि पोखरामा कोरोना भाइरस संक्रमित व्यक्ति अहिलेसम्म नभेटिएको बताएका कारण यस अघी सम्प्रेसित समाचार सञ्चाइएको छ । यसबाट पाठक बर्गमा पर्न गएको भ्रमप्रति हामी क्षमाप्रार्थी छौं । -सम्पादक