arrow

बारा कांग्रेसद्वारा ४० लाख ७५ हजार कोरोना उपचार कोषमा हस्तान्तरण

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
bara-congress.jpg

बारा । नेपाली कांग्रेस बाराले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ४० लाख ७५ हस्तान्तरण गरेको छ । 

विश्वभरी महामारीको रूप लिएको कोरोना भाइरसको लागि कांग्रेस बाराले प्रदेश नं.२ सरकारले स्थापना गरेको कोषमा सहयोग गरेको हो । 

सोमबार नेपाली कांग्रेस प्रदेश नं.२ का संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई ४० लाख ७५ को चेक हस्तान्तरण  गरेका छन् । 

चेक हस्तान्तरणमा कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव आदिको उपस्थिति रहेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ