कोल्टी प्राथमिक स्वास्थय केन्द्र झण्डै एक वर्ष देखि डाक्टर विहिन
दयारम पण्डित,
प्रकाशित २०७६ चैत २४ सोमबार
418
Shares
बाजुरा । बाजुराको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको एक बर्ष हुनलाग्यो । कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गत साउनमा समायोजन भई गएपछि उक्त स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो ।
सो केन्द्रमा डाक्टर तथा आवस्यक उपकरण नहुंदा बाजुराको उत्तर पूर्वी क्षेत्रमा पर्ने एक नगरपालिका, तीन गाउँपालिकाका तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानीय तहका ५० हजार बढी मानिस प्रभावित भएका छन् ।
एक जना डाक्टरको दरबन्दी भएको स्वास्थ्य केन्द्र लामो समयदेखि डाक्टर नहुदा त्यस क्षेत्रका नागरिकलाई समस्या भएको स्थानीय पूर्णबाहदुर विष्टले बताए । डाक्टर नहुँदा सामान्य उपचारको लागि सदरमुकाम तथा अन्य शहरमा महंगो भाडा तिरेर उपचार गर्नु पर्ने बाध्यता छ विष्टले भने ।
बिश्वब्यापीरुमा फैलिरहेको कोरोनाको बाजुरामा पनि उच्च जोखिममा देखिन्छ । कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा कोरोना शंकास्पद बिरामीलाई राख्न २ बेडको आइसोलेशन कक्ष निर्माण त गरिएको छ । तर न उपचार गर्ने डाक्टर छन न त उपचारमा खटिने स्वास्थ्यकर्मीको लागी उपकरण नै छ । पिपिएका नाममा मास्क समेत नभएको बुढीनन्दा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ओमजंग शाहीले बताए ।
यो महामारीको समयमा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न भएपनि उपकरणको बन्दोबस्तो हुनु पर्ने कुनै बन्दोबस्तो छैन , बाच्ने आशा त सबैलाई हुन्छ शाहीले थपे ।
आइसोलेशन कक्ष निर्माण गरेको स्वास्थ्य सँस्थामा कम्तीमा एक जना डाक्टर सहितको टोली, अक्सिज, बिरामीलाई लगाउने मनिटर ,पिपिई सेट ग्राउन, पन्जा, मास्क लगाएतको थुप्रै उपकरण अबश्यकता पर्दछ । कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा प्राय केही उपकरण छैन । दुई बेड छुट्याएर नाम मात्रको आइसोलेशन कक्ष स्थापना गरिएको छ । संक्रमणको शंकालाग्यो भने सिधै जिल्ला अस्पताल मार्तडी पठाउनुको विकल्प नभएको त्याहां कार्यरत स्वास्थयकर्मीको गुनासो छ।
हाल बिश्व नै नोबेल कोरोना भाईरस (कोभिड १९) संग जुधिरहेको छ । त्यो क्षेत्रका स्थानिय बिशेषगरी कामको सिलसिलामा देशका अन्य शहर तथा भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । कोरोनाले बिश्वब्यापी महामारीकोरुप लिएसंगै भारत लगायत अन्य मुलकबाट बाजुरा आएका थूप्रै जनता खुलम खुला गाउँ बजार डुलिरहेका छन् । स्थानिय तहले क्वारेन्टिन स्थापना गरेका छन् । निर्माण गरिएका अधिकांश क्वारेनटायन खालि छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तका अनुसार कोल्टी आउने डाक्टर नै भेटाएका छैनन् । सवास्थय विज्ञान केन्द्रबाट आउउने डाकटर कोरोनाका कारण रोकिए । प्रदेशमा पहल भईरहेको छ । मन्त्रालयमा सम्पर्क गरेर समस्या बताएको छु । तर, डाक्टर पाएका छैनौं जिल्ला स्वास्थय प्रमुख पन्तले भने । कोल्टीमा केही नहुनुु नहुनुभन्दा त दुुइबेडको ईसोलेसन भएपनि केही राहात हुन्छ तर, ब्यबस्थापन गर्न समस्या छ स्वास्थ्य प्रमुख पन्तले भने ।
प्रदेश “क” सांसद बल्देब रेग्मीका अनुसार कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा सहयोगका लागि अपिल गरेको पहिलो पठाउँ छौं भने पछि डाक्टर पठाउन मानेन् । स्वास्थय मन्त्रालयमा र प्रदेशमा पनि वारम्बार अनुरोध गरेको हुं तर, हरेक वहाना गर्छन डाक्टर पठाउदैनन् । अन्तिममा जिल्ला अस्पतालमै कार्यरत डाक्टर मध्ये एक जना डाक्टर कोल्टी पठाउन माग गरेको छु सांसद रेग्मीले भने ।
सम्बन्धित बुढीनन्दा नगरपालिकाले डेढ महिना अगाडी डाक्टरको लागि भ्याकेन्सि खोलेको थियो कसैले दर्खास्त दिएनन् । भौगोलिक रुपमा हेर्दा महामारीको रोकथाम तयारीको लागी त्यस क्षेत्रमा स्वास्थय मापदण्ड अनुसारको आइसोलेशन कक्ष ब्यबस्थापनका सार्थ अनिवार्य थप्नु पर्ने अबस्था देखिन्छ ।