- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चाणक्य नीतिको १२ औँ अध्यायको तेस्रो श्लोकमा सफल मानव सम्बन्धि रहस्य बताइएको छ । यस श्लोकमा यस्तो जीवन शैली बताइएको छ जसलाई अपनाएर सफल मानव बन्न सकिनेछ ।
दाक्षिण्यं स्वजने दया परजने शाठ्यं सदा दुर्जने।
प्रीतिः साधुजने स्मय खलजने विद्वज्जने चार्जवम्।
शौर्यं शत्रुजने क्षमा गुरुजने नारीजने धूर्तताः
इत्थं ये पुरुषा कलासु कुशलास्तेष्वेव लोकस्थितिः।।३।।
चाणक्य नीतिको यस श्लोकमा केहि यस्तो बानी र काम गर्ने बिशेष तरिका बताएको छ । जसलाई अपनाएर कोहि पनि मानव सफल हुन सक्छ ।
आचार्य चाणक्य ती असल मानिसहरुको कुरा गरेका छन् जो आफ्ना मानिसहरुसँग प्रेम, पराइ माथि दया, दुष्टसँग कठोरता, सज्जनसँग सरलता, मूर्खसँग संयम, विद्वानलाई आदर, शत्रुसँग बहादुरी र गुरुजनहरुको सम्मान गर्छ, जसलाई स्त्री प्रति लगाव छैन , यस्तो मानिस हरेक ठाँउमा सफल हुन्छन् ।
अर्थात यस्त पुरुषलाई महापुरुष भनिन्छ । यस्ता मानिसको कारण नै आज संसार टिकेको छ ।
श्लोकमा कोसँग कस्तो व्यवहार गर्नुपर्छ बताइएको छ । आचार्य चाणक्य भन्छन्, 'जो व्यवहारमा कुशल मानिस आफ्ना भाई-बन्धुसँग प्रेम गर्छ, अन्य मानिसहरु प्रति दया गर्छ , दुष्टसँग दुष्टताको कठोर व्यवहार गर्छ , साधु , विद्वान, आमा-बुवा तथा गुरुलाई आदर गर्छ , मूर्ख मानिससँग टाढै रहन्छ, शत्रुको बहादुरीको सामना गर्छ र स्त्रीहरुको पछि लाग्दैन ।
यस्तो मानिस हर समय र परिस्थितिका अनुसार अघि बढ्छ । यो व्यवहारका कारण उ सधै सफल हुन्छ ।