काठमाडौं । नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको खतराले गर्दा देश लकडाउन भएका बेलामा पनि सरकारका पदीय हैसियतमा रहेकाहरुले देखाएको भ्रष्टाचारी ब्रह्रमलुटले घिनलाग्दो गरी सीमा नाघेको आरोप लगाएका छन् ।
सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्ने क्रममा पराजुलीले ‘अकल्पनीय महासंकटको यस घडीमा जननिर्वाचित, जिम्मेवार, पदीय हैसियतकाहरु घुस, कमिसन, सत्तालिप्सामा छन्’ भनी दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘यसबाट जनता दुःखी, पीडित, चिन्तित, आक्रोशित छन् ।’ नेता पराजुलीले अमानवीयता, गैरजिम्मेवारीपन, भ्रष्टाचार, ब्रह्मलुटले घिनलाग्दो गरी सीमा नाघेको छ । बिन्ती छ–थोरै लाज मानौँ ।’ भनेका छन् ।