-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रहरी नायब निरीक्षक मिठ्ठु खड्काका अनुसार लकडाउनका कारण चोरी तथा लुटपाटका घटना भएका छैनन् ।
२४ घण्टामा सामान्य प्रकारका झैंझगडासमेत भएका छैनन् । लकडाउन उल्लंघन भने निकै भइरहेको छ । बिहान ६ बजेसम्म काठमाडौंबाट १७५ जना होल्डमा लिइएको छ ।
त्यसैगरी ३५ जना ललितपुरबाट होल्डमा लिइएको छ । भक्तपुरबाट भने कसैलाई होल्डमा लिइएको छैन ।
शनिबार भने २८६७ जना लकडाउन उल्लंघनमा पक्राउ परेका थिए । यो तथ्यांक हेर्दा निकै मात्रामा उल्लंघन भइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका फिल्ड अधिकृत प्रहरी निरीक्षक केसवराज भट्टका अनुसार बिहान ५ः३० देखि ६ बजेसम्म ३५ सवारी साधन नियन्त्रणमा लिइएको छ ।