काठमाडौं उपत्यकामा भिजिबिलिटी न्यून, पानी पर्ने सम्भावना कम, पहाडी भूभागमा आइसोलेटेड वर्षा
प्रकाशित २०७६ चैत ३० आइतबार
225
Shares
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको प्रभाव रहेको छ। हाल देशको पूर्वी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार नयाँ वर्षको अन्तिम दिन पनि हो । न्यूइयर इभ कोरोना भाइरसको त्रासले गर्दा घरमै क्वारेन्टाइनमा बसेर मनाइन वाध्य पारेको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्हपछि पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आइतबार बिहान उपत्यकासहित मध्यपहाडी भूभागमा आंशिक बदली रहेको छ ।
तत्काल वर्षाको सम्भावना कम रहेको नगरकोटीले बताइन् । अपरान्हपछि भने पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा क्षणिक वर्षा हुन सक्नेछ ।
उपत्यकामा पानी पर्ने सम्भावना छैन । तर भिजिबिलिटी भने निकै कम रहेको छ । बिहान २.५ किलोमिटर मात्र भिजिबिलिटी रहेको छ ।
तापक्रम १३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्न सक्नेछ ।
महाशाखाले देशको पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तो छ नयाँ वर्षको पहिलो दिन र दोस्रो दिनको मौसम पूर्वानुमान
बैशाख १ गते (सोमबार)
नयाँ वर्षको पहिलो दिन सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
बैशाख २ गते (मंगलबार)
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।