ट्रकमा ल्याएर छाडेपछि रातारात नेपाल प्रवेश, एकजना पनि छिर्न नदिएको प्रशासनको दाबी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत ३० आइतबार
823
Shares
सर्लाही । संघ प्रदेश र स्थानीय सरकारले आफुहरुले लकडाउनको पुर्ण पालना गराएको दाबी गरिरहेका छन् । तर उनिहरुको दाबी, दाबीमै सिमित भएको छ । न उनिहरुले दाबी गरेजस्तो भारतीय सिमा क्षेत्रको क्वारेन्टाइनमा नेपाली नागरिक छन्। उनिहरु अहिले पनि निवार्ध गाउँ प्रवेश गरिरहेका छन् । न देख्दै छ स्थानीय सरकार न रोक्दैछ प्रहरी प्रसाशन । देशका सवै जस्तो स्थानीय प्रसाशनले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लागाएको दाबी गरिरहदा सर्लाहीमा भने त्यस्तो हुन सकेको छैन् ।
कोभिड १९ बाट आफ्नो नागरिक बचाउन भारत सरकारले एक महिना लामो लकडाउनको घोषणा गरे संगै रोजगारीको सिलसिलामा भारत गएका नागरिक यतिखेर धमाधम नेपाल प्रवेश गरिरहेका छन् । यसरी नेपाल प्रवेश गर्नेहरुमा भारतको उत्तर प्रदेशको सिसागञ्जमा पल्दारी (भरिया) काम गर्दै आएका नेपाली नागरिक बढी रहेका छन् ।
भारतमा लकडाउन भएपछि उनिहरुलाई काम गर्दै आएको कम्पनीले नेपाल भारतको सिमाबाट करिव १०२ किलोमिटर अगाडी ट्रकमा ल्याएर छाडे पछि रातको समयमा पैदल हिडेर नेपाल प्रवेश गरेको उनिहरुले बताएका छन । दुईवटा ट्रकमा नेपालको सिमानजिक छाडिएका नेपालीको संख्या १८५ जना रहेको भएपनि अहिले सम्म ५३ जना मात्र क्वारेन्टाइनमा रहेका छन् ।
बाकी कहाँ कस्तो अवस्थामा छन् उनिहरुको स्वास्थ्य अवस्था कस्तो छ आफुलाई जानकारी नभएको उनिहरुसंगै आएका ईश्वरपुर ९का संजय माझीले बताए । गम्भीर परिस्थितिलाई दृष्टिगत गर्दै आफुहरुले सिमा क्षेत्रमा विशेष निगरानी बढाएको र एक प्रहरीले अर्को प्रहरीलाई देख्ने गरि राखेको बिपत व्यवस्थामन समितिका प्रमुख समेत रहनुभएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी बताउँछन् ।
भारत र दुबै देशले दुवै देशका नागरिक जहाँछन् त्यहीँ राख्ने सहमती भएको गरेपनि भारतले त्यसको कार्यान्वयन गरेको पाईदैन। परिस्थितीको गाम्भिर्यतालाई बुझेर दुवै देशले काम नगर्ने हो र नागरिकले धैर्यता कायम नगर्ने हो भने विश्वव्यापी महामारीको रुप लिएको कोरोनाले दुवै देशलाई संकटमा पर्ने निश्चित छ ।