‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’: प्रधानमन्त्री ओली
रासस,
प्रकाशित २०७७ वैशाख १ सोमबार
880
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाआौँ, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन्। प्रधानमन्त्रीले आइतवार साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन्। सो संस्थाले नयाँ वर्ष २०७७ का दिन बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भन्ने कार्यक्रम राखेको छ।
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB