arrow

रिसायो आकाशः यस्तो छ मौसमको अवस्था

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
weather2.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  देशको पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन–हावाहुरी –चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी  सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार नयाँ वर्षको पहिलो दिन देशका अधिकांश भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । 

काठमाडौं उपत्यकामा पनि बदली रहेको छ । बिहानको तापक्रम १७ डिग्री सेल्सियस रहे पनि घाम भने लागेको छैन । 

बादलले ढाकेको छ । भिजिबिलिटी मात्र २.५ किलोमिटर रहेको छ । वर्षाको सम्भावना रहेको पनि उनले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ