arrow

यस्तो छ विक्रम संवतको मौलिकता

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
new-year-sunrising.jpg.jpeg

काठमाडौं । सोमबारदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । 

सरकारी कामकाजमा विसं चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुन् । 

ज्योतिष पं दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेको बताए । 

उनले आफ्नो पहिचान बोकेको संवत्लाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताए । ज्यो सुवेदीले भने, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६ (डिग्री पूरा गरेर) डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत्बारे कुनै अन्योल पालिरहनु पर्दैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ