arrow

माओवादीका नाममा चन्दा उठाउने पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
468851075.jpeg
काठमाडौ । माओवादीको नाममा व्यापारीबाट चन्दा उठाउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।   नेकपा (माओवादी) को महासचिव भरतप्रसाद दाहाल हुँ भनी उक्त पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी ठगी गर्ने बाग्लुङ जिल्लाको भेप्से घर भई हाल काठमाडौँ वानेश्वर बस्ने २६ वर्षीय शम्भुप्रसाद जोशीलाई प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
 
केही दिनअघि पक्राउ गरिएका अभियुक्त जोशीलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।  अभियुक्त जोशीले काठमाडौँका दर्जनौँ उद्योगी तथा व्यवसायीलाई फोनमा धम्की दिई नगद असुल गर्ने गरेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ