arrow

लकडाउनको २३ औं दिनः यस्तो छ उल्लंघन, दुर्घटनामा एकको मृत्यु 

logo
प्रकाशित २०७७ वैशाख ३ बुधबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ३ गतेसम्म आइपुग्दा २३ औं दिनमा चलिरहेको छ । 

सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपिसकेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर १६ पुगिसकेको छ । 

त्यसैगरी आशंका गरेर आइसोलेसनमा राखिएकाहरु ९९ जना भएकाले पनि लकडाउन बढाउनु पर्ने बताइएको छ । 

त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ । 

लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । 

ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीका अनुसार बुधबार बिहान सवारी साधनको अवस्था सामान्य रहेको छ । 

बिहान ४ बजेदेखि नै लकडाउन उल्लंघन गर्नेहरुलाई कार्वाही गर्ने क्रम रहेको छ । बिहान ६ बजेसम्म ५१ मोटरसाइकल र चार पाङ्ग्रे ४ वटा सवारीलाई होल्डमा लिइएको छ ।  

विगत २४ घण्टामा ४८९ वटा सवारीलाई नियन्त्रणमा लिइएको छ । 

७ जनाको दुर्घटना भएको छ । एक जनाको मृत्यु भएको छ । साइकल यात्रीलाई पानीको ट्यांकीले ठक्कर दिँदा साइकल यात्रीको ज्यान गएको छ । 

६ जना भने घाइते रहेको उप्रेतीले बताए । 

सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।  

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक प्रेमकुमार श्रेष्ठका अनुसार लकडाउन उल्लंघन गर्नेहरु बुधबार बिहानै काठमाडौंबाट १९१ जना र ललितपुरमा ४७ जनालाई नियन्त्रणमा राखेर होल्डमा राखेको छ । 

विभिन्न सोधपुछका लागि काठमाडौंबाट ५ जना र ललितपुरबाट १ जनालाई नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ