arrow

मौसमः नयाँ वायुको प्रवेश हुँदै, सचेतना अपनाउन आग्रह 

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

२४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार अहिले काठमाडौं उपत्यकाको भिजिबिलिटी ५ किलोमिटर र तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । 

अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । 

प्रधानांगले पश्चिमी वायु कमजोर अवस्थामा पुगेकाले बिहीबार वर्षा कम हुने बताए । 

तर शुक्रबारदेखि नयाँ वायुको प्रवेश गर्ने हुनाले सचेत रहन प्रधानांगले बताए । उनले शुक्रबार र शनिबार बढी नै सचेत हुन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ