arrow

कोरोना संक्रमित भेटिएपछि काठमाडौंमा विदेशबाट फर्किनेको परीक्षण जारी

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी राखेको जनाएको छ ।  हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र ती मध्ये सबैको नतिजा नेगेटिभ आएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कामपाले सबै वडामा  कोभिड–१९ को परीक्षण जारी राखेको छ । 

अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्यांक लिइसकको  कामपाले गत बुधबारदेखि कोरोनाको परीक्षण  पनि शुरु गरेको हो ।  सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि  कामपाले परीक्षण शुरु गरेको हो । 

कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण सङ्कलन गरिएको थियो ।  कामपाका प्रमुख विद्या सुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्वन्धित वडामा सम्पर्क गर्न  अनुरोध गरे । “यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ । छिमेकलाई पनि ढुक्क हुन्छ । ”उनले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ