arrow

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण

logo
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-report.jpg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए।

नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो। यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए। योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ। नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमित देखिएको थियो। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो। यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो।

सहप्रवक्ता डा अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका र तिनीहरु नुरुी मस्जिदमा रहेका थिए। यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको उनले बताए। १४ जना नयाँ सङ्क्रमितका बारेमा थप अध्ययन भइरहेको उनले जानकारी दिए। उनले ती सङ्क्रमितको सम्पर्क (कन्याट्क ट्रेसिग) भइरहेको बताए।

उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन्। यसैगरी भरतपुर अस्पलातका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उहाँका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो। उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आएका थिए। बुधबार दु्रत जाँच ‘र्‍यापिड’ डाइग्नोष्टिक टेष्ट गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो। 

अधिकारीका अनुसार बिहीबार उक्त प्रयोगशालामा दुई पटकसम्म स्वाब परीक्षण गर्दा शङ्कास्पद देखिएपछि आमा र एक छोराको स्वाव काठमाडौँ पठाइएको थियो। उनीहरुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला उच्च सर्तकता अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शनिबार बिहानैबाट उनीहरुले भेट गरेका मानिसको खोजी गरी क्वारेन्टाइनमा राखिने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ