arrow

भीम उपाध्यायलाई लाग्ने कानुन प्रम ओलीलाई पनि लाग्नु पर्छ

logo
जगन कार्की,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
cabinet-corona-oli.jpg

प्रधानमन्त्रीज्यू संसार कोरोनाको कहरले आक्रांत छ। सबै देशहरू राजनीतिक, व्यक्तिगत र अन्य स्वार्थ त्यागेर राष्ट्र र राष्ट्रिय शक्ति एकताबद्ध गरी स्वास्थ्य, भोकमरी, आर्थिक लगायतको संकटसँग लड्न तयार भएका छन ।

तपाई मृगौला शल्यक्रिया गरेर आराम लिईराख्नुभएको बेला तपाईका केहि मन्त्रीहरु कोरोना नलाग्ने देश प्रचार गरेर पर्यटन ल्याउने भन्दै छापामा छाइरहेका थिए । नेपालले उचित समयमानै लक डाउन गर्यो र कोरोनाका लागि कदम चाल्यो, नाका बन्द गर्यो यसमा तपाईलाई सबैले प्रसंसा गरे तर जव स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य मन्त्रालायकै जिम्मेवारहरुबाट घोटालाका काण्ड बाहिरिए तपाईले नै गलत भएको भनेर रद्द गर्नुभयो। यहाँसम्म ठीकै थियो गलत भनेर रद्द गरेपछि महामारिको बेला जनताको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा घुस खान खोज्नेलाई उन्मुक्ति दिनु तपाईको गल्ति भयो। महामारीमा परोपकार गर्ने घडीमा घुस खान खोज्नु कात्रोमा पनि घुस खाए सरह भएको भन्दै आलोचना भए ।

तपाईलाई प्रतिपक्षले पनि खुल्ला मनले सहयोग गरिरहेका थिए तपाईकै दलका नेताहरु तपाइको खैरो खनेर बेइजति गरिरहेका बखत ५० लाखको चेक बुझाएर कांग्रेस पार्टी सरकारलाई साथ दिन आयो र हामी सरकारलाई सहयोग गर्न तयार छौं भन्दा तपाईमा मै सर्वेसर्वा, म संकट मोचन गर्ने देवदुत भन्ने अहमताले भरियो या तपाईका सल्लाहकारहरुलाई राम्रा मान्छे र राम्रो सल्लाह अरुले दिए उनीहरु ओझेलमा पर्ने डरले तपाईलाई गलत कुरा कानमा हाले ।

तपाईलाई ज्ञानेन्द्र पथमा लैजान संवैधानिक नियुक्तिहरुमा पनि एकलौटी चलखेल गरेर नियुक्ति गर्न प्रतिपक्षलाई नै सिध्याउने रणनीति सुझाए ।  तपाईलाई मात्र हैन राष्ट्रपतिलाई पनि एकै पटक विवादमा तानेर सिध्याउन यिनीहरुले गलत बिधेयक लैजान सुझाए । रोमका राजा निरोलाई जसरि उनका आसेपासेले निर्वस्त्र हिडाए तपाइलाई तिनले  त्यो अवस्थामा पुर्‍याईसकेको आभास दिएको छ, अब आँखा खोल्ने कि ?

आज देशमा लोकतन्त्र दिवस मनाइ रहेको परिस्थितिमा  बिकृति विसंगति बिरुद्ध आफ्नो आवाज उठाईरहेका पुर्व सचिव भीम उपाध्यायलाई समात्दै गर्दा, युवा अभियन्ता ज्ञानेन्द्र शाहीलाई राहत बाँडनलाई गएको बखत थुनीदै गर्दा कानुन तपाइतिर पनि सोझिने कि नसोझिने ?  लकडाउनलाई लत्याएर मन्त्रिहरुनै हिरोइजम देखाउदै भेडा जस्तो मान्छे कोचेर गाउँ पठाई रहेका छन् तिनलाई कानुन लाग्ने कि नलाग्ने ?  के फरक छ तपाई, मन्त्रीहरु, ज्ञानेन्द्र शाही र भीम उपाध्यायका गल्तिहरुमा ? कानुनका कुन धाराले यो विभेद सुझाएको छ ?

के चाइना पढ्न गएका पहुँचवाला र धनाड्यहरुका छोराछोरि मात्र नेपालका नागरिक हुन् खाडीका, मलेसियाका मजदुरलाइ उद्दार गर्नु पर्दैन यो विभेद गरेकोमा तपाइलाई कानुन नलाग्ने ? काठमाडौँ प्रेसको समाचार डिलिट गर्ने तपाईका आइटी बिज्ञलाई कानुन लाग्नु पर्दैन ?

डोनाल्ड ट्रम्प, मोदीदेखि दुनियाँका लोकतान्त्रिक शासकलाई मज्जाले घोचपेच र आलोचना गर्न पाइन्छ, ट्रम्पको मुर्ति बनाएर लात हान्ने थुक्ने सम्म गरेका दृश्य तपाइँले देख्नु भएको होला ।

सामाजिक संजालमा कोहि अराजक भए नागरिक समाजले मुल्यांकन गर्छ कसैको ज्यान या अपराध नै गरे कानुनी उपचार स्वभाविक हो ।

आज तपाई प्रम भएर स्वास्थ्य सम्बन्धि  बिज्ञता बेगर नै अन्टसन्ट स्वास्थ्य प्रवचन दिएर हिडनु भएको छ । सर्बोच्च अदालतले प्रवासीलाइ घर ल्याउन दिएको आदेश लत्याएर हिडनु भएको छ । जनस्वास्थ्यको संकटको घड़ीमा स्वास्थ्य सामग्री घोटाला भएको प्रमाण हुँदा तिनलाई बचावट गरिरहनु भएको छ । तपाईले दिएका पानी, हावाका , बिजुली रेल अनी पाइप ग्यासका हावादारी भाषणका रेकर्ड संजालमा यत्रतत्र छन ।

मधेश आन्दोलनमा केहि व्यक्तिहरुको मृत्युका बखत दिएका आँप झरेका अभिव्यक्ति सुरक्षित छन् । यि  फत्तुरमा अनि त्यो भन्दा ठुलो महामारी र संकटका बेला दल बिभाजन र लोकतन्त्रको चिरहरण गर्ने प्रतिपक्ष बिना सत्ता संचालन गर्ने बिधेयक थोपरेर जनभावनासंग खेलवाड गरेकोमा तपाई दण्डित हुन पर्ने की नपर्ने ? जिम्मेवार व्यक्तिले गर्नु पर्ने काम नगरेर नगर्नु पर्ने काम गर्दा दण्डित हुनु पर्ने कि नपर्ने ?

महामारिको बेला गर्नु पर्ने के थियो ?

दुई-तिहाई जनताको भावनाको कदर गर्दै फ़राकिलो लोकतान्त्रिक चरित्र प्रदर्शन गर्ने अवसर र जिन्मेवारी थियो । महामारीको समयमा अर्थतन्त्र , रोजगार , रोजी रोटि स्वास्थ्यलाई सुधार्नलाई काम गरिहेको हो भन्ने प्रत्याभुती दिने अवसर थियो । राज्यका सम्पूर्ण बिज्ञ, सबै राजनीतिक दल बीच एकता राष्ट्रिय एकताको भावनाको बिकास गरेर महामारी बिरुद्ध उतार्ने अवसर थियो ।

के भईरहेको छ

रातारात दल फुटाउने बिधेयक आउने काम, कोरोनासंग लडीरहेका डाक्टरलाई मन्त्रालय झिकाएर तर्साउने काम, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न संजालमा आलोचकलाई पाता कस्ने काम, आसेपासेको भ्रष्टाचार ढाकछोप गर्ने काम, दलहरु फुटने जुट्ने धन्दामा लाग्ने काम, जन जीवन संकटको बेला सत्ता टिकाउने र अरुलाई  लडाउने अपराधी खेल  इत्यादी ।

निस्कर्ष :

सामान्य निर्णयमा पनि घर सल्लाह हुने गर्छ राजनीतिक दलमा कतै सल्लाह नै नगरी यो बिधेयक ल्याउने बुद्धि दिने र आलोचकप्रति खनिन सल्लाह दिने, मजदुर किसानका रिपोर्टिंग गर्ने पत्रकारलाई गाली गर्ने सल्लाह दिने, रातारात भर्ति उद्योग चलाउन प्रतिपक्ष बिना नै संवैधानिक समिति चलाउन सल्लह दिने प्रधानमन्त्रीका मात्र हैन मसि सुक्न नपाइ सहिछाप गर्न उक्साउने राष्ट्रपतिले पनि अराजक सल्लाहकारहरु फेर्नु उत्तम देखिएको छ ।

यो महामारीले ओलीलाई अझै  एक अन्तिम अवसर प्रदान गरेको छ :

यो बिषम परिस्थतिमा सर्वदलिय समिति बनाएर चुनौतीका बिषयमा, राष्ट्रिय योजनाका र कोरोना बिरुद्ध लड्ने सम्पूर्ण सल्लाह माग्नुस्, सहयोग माग्नुस्, मन्त्रीहरुलाई टुप्पी कसेर ति समितिको आदेश पालना गर्ने आदेश दिएर तपाई अनुगमन र समन्वय गर्नुस्,  महान नेता बन्नुस् !

यस विपत्तिले ल्याएका बिबिध आयामका समस्याहरु छन् जस्तै आर्थिक, खाध्य संकट, स्वास्थ्य संकट, ससाना व्यापार उध्योगहरुको रक्षा गर्नेकाम , कृषि, पर्यटनको सम्बर्धन गर्ने काम विविध ।

हरेक क्षेत्र, संघ संस्था राजनीतिका दलका बिज्ञहरुको छुट्टाछुट्टै टोली बनाई सबैलाई इन्गेज गरेर सबैको सहअस्तित्व कायम गर्दै अघि बढ्नु पर्ने अवस्था छ। अन्य देशमा जस्तो नेपालको लोकतन्त्र पूर्णरुपमा संस्थागत भई नसकेको परिपेक्षमा सर्वदली , सर्व पक्षीय सहभागिता र सहमति अपरिहार्य देखिन्छ ।

तपाईसंग अझै सच्चिने र गुमेको साख फर्काउने अवसर छ। निर्मम भएर स्वास्थ्य सामग्री खरिदका भ्रस्टहरुलाई केरकार अघि बढाउनुस् । गन्हाएका आसेपासेलाई तुरुन्त आइसोलेट गरेर पार्टीका भ्रष्टहरुलाई गोकुलजीलाई झैँ  क्वारेन्टायनमा राखिदिनुस् । संस्थागत भ्रष्टाचारीको प्रपन्चको उच्चतम रुपको टेलरको रुपमा आएको दल बिभाजन र प्रतिपक्षलाई निषेध गर्ने बिधेयकबाट पछि हट्ने खबर आएको छ अब सच्चिनुस् ! 

भीम उपाध्यायाको जस्तो आलोचनाबाट डर देखाएर भोलि तपाइलाई सामाजिक संजाल, इन्टरनेट नै बन्द गर्न पनि भन्लान त्यसरि  ज्ञानेन्द्र पथमा डोहोर्‍याउनेहरुसंग सजग रहनुस ।

लोकतन्त्रमा शक्ति पृथकीकरण, खुल्ला आलोचना, प्रतिपक्षको भूमिका, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता नै प्रमुख कडी हुन् जसको लागि अहिलेको पुस्ताले बलिदान गरेर आएको छ त्यस बिरुद्ध कदम चलाउनु भन्दा तपाइँ समाजवादी सिद्धान्तहरु नीति तथा कार्यक्रमहरु लिएर जनताको मन जित्न कोसिस गर्नु नेपाली जनताका लागी धेरै गर्न नसके पनि २-४ ओटा  जनजीविकासंग सम्बन्धि काम गरेर नरम र शालीनता सहित  इमान्दार प्रयास गर्नुस तपाइको कुर्सी जोगाउन तिनै जनता लड्ने छन् । 

प्रधानमन्त्री पार्टीको मात्र हैन देशको अभिभावक हो आफुले देशको  र जनताको मालिक हैन सेवक हुँ भन्ने भावनाले बोलि बचन र कर्मलाई निर्देशित गरेर हेर्नुस न अनि पो राष्ट्रवादी ।

अन्य राजनीतिक दलहरुले पनि जनजीवनको संकटलाई लत्याएर यो महामारीमा व्यक्ति केन्द्रित,  सत्ताकेन्द्रित राजनीति गर्नु अपराध हो। महामारी र लकडाउनले ल्याउने आर्थिक बिपत्तिसंग झेल्न अब सम्पूर्ण राष्ट्र एक ढिक्का हुने समय हो ।

हिजो अलोकतान्त्रिक बिधेयक ल्याउने दम्भले जुन रसातालमा पुग्नु भएको थियो फिर्ता गर्ने लचकताले तपाइको उचाइ बढाएको छ लोकतन्त्रमा प्रतिस्प्रधी राजनीतिज्ञसंग हार्नु सामान्य प्रक्रिया हो  तर जनतालाई माथि राखेर आफुले हार्नु महानता हो ।

अझ धेरै प्रतापी राष्ट्रवादी नेता नै हुने रहर भए इतिहास कायम गर्ने  हिम्मत भए फोहोरी खेल खेल्न छोडेर सरकारमा २-२ जना बिपक्षी साम्सदलाई ठाउँ दिएर बिपत्तिसंग झेल्न राष्ट्रिय माहोल सिर्जना गर्नुस ।

प्रवासका नेपालीलाई फर्काएर कृषि उद्यमसिलाता, प्रवासमा सिकेका सृजनसिल सिप पेसाहरुलाइ प्रयोग गरेर उद्यम गर्न प्रोत्साहन गर्नुस, आर्थिक क्रान्तिमा मुलुकलाई लगाउनुस !

दम्भ त्याग्नुस तपाईलाई लोकतन्त्र दिवसको शुभ कामना !

(पत्रकार महासंघ बेलायत शाखाका सचिव कार्की बेलायतमा नेपालीहरुले चलाएको अनलाइन साउथ एसिया टायमका सम्पादक हुन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ